तार ‘अण्डरग्राउण्ड’को चार वर्ष : अझै सकिएन काम, इलेक्ट्रिक बक्स पनि राख्दै अनि सार्दै

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने कार्यअन्तर्गत २०७८ माघमा इलेक्ट्रिक क्याबिनेट बक्स राख्यो। प्राधिकरणले अधिकांश सडक छेउ ढाक्ने गरी बक्स राख्यो।उक्त बक्सले बाटो नै छेकिएपछि सर्वसाधारण ओहोरदोहोर गर्नमा हैरान भए। पैदल यात्रीलाई बाटो खोइ! भन्दै यसको चौतर्फी आलोचना भएपछि अन्तै राख्न माग उठ्यो। अन्ततः झण्डै २ वर्षपछि प्राधिकरणले अहिले फुटपाथ ढाक्ने गरि राखिएका ती इलेक्ट्रिक क्याबिनेट बक्सहरू हटाउन थालेको छ। अहिले कर्मचारीहरूले विकल