काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएको किसानका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताएका छन्।सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै राउतले आफूहरुले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरु सम्बोधन हुनुपर्ने बताए।