बानेश्वर सडकमा भेटिएको कुकर सेनाद्वारा निष्क्रिय

काठमाडौं : नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भेटिएको नो एमसिसी लेखिएको शंकास्पद कुकरलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।संसद भवनको सिधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको  प्रेसर कुकर भेटिएपछि बमको आशंकामा सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको थियो। बमको आशंका गरिए पनि कुकरभित्र केही विस्फोटक पदार्थ नभएको पाइएको छ। कुकर खाली रहेको बताइएको छ। संसदबाट आइतबार एमसिसी पास गरिएको विरोधमा विप्लवको नेकपासहित विभिन्न राजनीतिक दलह

सम्बन्धित सामग्री

पुरानो बानेश्वर सडक बन्द

काठमाडौँ- पुरानो बानेश्वर सडकखण्ड बन्द भएको छ । आज उक्त सडकमा कालोपत्रे गर्न लागेकाले बन्द भएको हो । पूरानो बानेश्वर चोकदेखि फ्रन्ट लाइन हस्पिटलसम्म बाटो कालोपत्रे गर्न लागिएको छ । कालोपत्रे गरिसकेपछि सडक सुचारू हुनेछ ।

पुरानो बानेश्वर सडक बन्द

काठमाडौँ- पुरानो बानेश्वर सडकखण्ड बन्द भएको छ । आज उक्त सडकमा कालोपत्रे गर्न लागेकाले बन्द भएको हो । पूरानो बानेश्वर चोकदेखि फ्रन्ट लाइन हस्पिटलसम्म बाटो कालोपत्रे गर्न लागिएको छ । कालोपत्रे गरिसकेपछि सडक सुचारू हुनेछ ।

स्थानीयको तीव्र दबाबपछि कालोपत्र हुँदै पुरानो बानेश्वर सडक [भिडियो/तस्बिरसहित]

काठमाडौँ- पुरानो बानेश्वर चोकदेखि मैतीदेवीसम्म जाने सडक खण्डमा कालोपत्रको काम सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ९ मा पर्ने उक्त सडक खण्ड स्थानीयवासीहरूको तीव्र दबाबपछि कालोपत्रको काम सुरु भएको हो । महानगरले ढल निकासको नाममा झण्डै ६ महिनादेिख निर्माणाधीन सडक अलपत्र छाड्दै आएको थ...

सिट्ठी फुक्दै शिक्षक सडकमा (तस्बिर)

नेपाल राहत शिक्षकको आन्दोलन आज पनि जारी छ। शिक्षकहरू माइतीघर-बानेश्वर सडक खण्डमा

सिट्ठी फुक्दै शिक्षक सडकमा (तस्बिर)

नेपाल राहत शिक्षकको आन्दोलन आज पनि जारी छ। शिक्षकहरू माइतीघर-बानेश्वर सडक खण्डमा

इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा एमाले निकट युवा संघ नेपालका नेता कार्यकर्ताहरूले इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै मंगलबार काठमाडौंको बानेश्वर सडक खण्डमा प्रदर्शन गरेका हुन् । त्यस क्रममा उक्त सडक खण्ड केहीबेर सवारी आवागमन प्रभावित भएको हो । सरकारले आगामी साउन १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो ।

सडक विभागले माग्यो ३१ आयोजनाका ठेकेदारसंग स्पष्टीकरण

चैत १४, काठमाडौं। सन्तोषजनक काम नभएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले ३१ ओटा सडक तथा पुल निर्माण  आयोजनाका ठेकेदार कम्पनीलाई स्पष्टीकरण माग गरेको छ । ती कम्पनीलाई उपत्यका भित्र निर्माणाधीन, संरक्षण तथा मर्मत हुँदै गरेका आयोजना लामो समय व्यतित हुँदासमेत कार्य प्रगतिमा सुधार नभएको भन्दै ७ दिन भित्र कार्यालयमा उपस्थित भइ स्पष्टीकरण दिन भनिएको छ ।   स्पष्टीकरण माग गरिएका आयोजनामा मनहरा कोरिडोर, निलोपुल कपन (पुलपुलेसा संक्षण) हाँडीगाउँ विशालनगर कालोपुल मालीगाउँ चोक, मालीगाउँ मार्ग,  राममन्दिर मार्ग सडक, सुकेधारा नयाँकोलोनी कुशल मार्ग, रत्नराज्य स्कुल मिलनचोक कात्यानी चोक वाणगंगा मार्ग सडक, रोपवे मार्ग सडक, घट्टेखोला पुल, गागलफेदी, महादेवस्थान मार्ग सडक,सहभागिता मार्ग, बानेश्वर, सुन्दरवस्ती आदर्शनगर चुनीखेल टुपेक टुसाल जगडोल राष्ट्रिय शहिद पार्क सडक, सिद्धार्थ मार्ग वुद्धनगर र रत्नराज्य स्कुल पाण्डेश्वर मन्दिर सडक रहेका छन् ।  त्यस्तै, (नारायणेश्वर मार्ग माताकुमारी मार्ग) मनहरा पुल अरनिको राजमार्ग (पुलपुलेसा संरक्षण), पञ्चकुमारी मार्ग बानेश्वर सडक, गोपीकृष्णहल सरस्वतीनगर भृकुटीचोक सडक, बिष्णुमति नदि पुल, गोंगबुस्थित रमण बस्ति र टोखा जोडने सडक, महांकाल भृकुटीचोक तेन्जिंगचोक फैका अनिगुम्बा चपली बुढानिलकण्ठ सडक छन्। यस्तै,विभागले महांकाल भृकुटीचोक तेन्जिंगचोक फैका अनिगुम्बा चपली बुढानिलकण्ठ सडक, साततले भण्डारी गार्मेन्ट आकाशेधारा वालुवाखानी सडक, आकाशेधारा राममन्दिर कृष्ण मन्दिर सडक, बुढानिलकण्ठ निलोपुल शिवपुरी निकुञ्ज सडक, कामपा वडा नं १६ पुलिस चौकी उतरतर्फ हुँदै बोहोराटार हुँदै बनस्थली स्कुल रिंगरोड, सृजनशिल टोल (इशान नशिंग होम) देखि मैत्री कोलोनीसम्म, सीतापाइला रामकोट भिमढुंगा सडक आयोजनाका ठेकेदार कम्पनीलाई स्पष्टीकरण माग गरेको छ । त्यस्तै स्वयम्भु परिक्रमा तथा भिम बहादुर प्रतिष्ठान सडक, पेप्सीकोला ब्रह्मखेल सडक, नाङले पटाप सडक वनस्थली पावरहाउस सुदृढीकरण सडक, कीर्तिपुर त्रिवि एक्सेस सडक मनहरा पुल अण्डरपास, मनहरा कोरिडोर, मित्रपार्क गौरीघाट गुहेश्वरी नयाबस्ती जोरपाटी सडक, वनस्थली पावरहाउस सुदृधिकरण सडक (शुभकामना तुफान चोक) गरी ३१ ओटा आयोजनाका ठेकेदार कम्पनीलाई स्पष्टीकरण माग गरिएको छ।  स्पष्टीकरण माग गरिएका ठेकेदार कम्पनीहरुमा  श्रृषुस्व सत्यम कन्स्ट्रक्सन, मौलिक कन्स्ट्रक्सन प्रालि, श्रेष्ठर प्रेरा जेभी, पुर्ण विनायक/ सफल जेभी, श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि, थोदुङ/ कविर/ विनायक जेभी, भण्डार थोदुङरवर्ल्डवाइडर गौरी गणेश जेभी, ह्वाइटगोल्ड कन्स्ट्रक्सन, देश प्रेम निर्माण सेवा, शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि, शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि, मौलिक कन्स्ट्रक्सन प्रालि, वर्ल्डवाइड कस्ट्रक्सन प्रालि वर्ल्डवाइड/ मस्दीङ्ग जेभी, सिरुवा कन्स्ट्रक्सन रहेका छन् । त्यस्तै, तुंदी/ प्रेरा जेभी, दिवा/ शैलुङ जेभी, शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि, विरुवा कन्स्ट्रक्सन प्रालि, शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि,वर्ल्डवाइडरवरदेवी जेभी,आषिश/ सिएम/ जयवावा जेभी, वजगुरु/ कविन्द्र जेभी, महालक्ष्मी/ वर्ल्डवाइडर भण्डार थोदुङ जेभी,  साँघुटार कन्स्ट्रक्सन,नताशा निर्माण सेवा, कृश कन्स्ट्रक्सन, महर्जन/ सप्तपथर ड्रामा जेभी सुनकोशी / प्रजिल जेभी. रिद्धिमा इञ्जिीनियरिञ्ग सर्भिसेज प्रालि रहेका छन् ।

हिजो दिनभर तनावग्रस्त बानेश्वर क्षेत्र आज शान्त

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । हिजो तनावग्रस्त बनेको नयाँ बानेश्वर क्षेत्र आज शान्त छ । आज सडक र गाडीमा असर पर्ने खालका कुनै गतिविधिबारे जानकारी नआएको प्रहरीले जनाएको छ । आज संसद् बैठक नभएकाले दलहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम राखेका छैनन् । हिजो संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबल हुँदा नयाँ बानेश्वर सडक अशान्त बनेको थियो । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरु नै एमसीसी पेस गरेको विरोधमा प्रदर्शनमा उत्...

रुकुम घटनाविरुद्ध सडक बहस

६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाविरुद्ध आज बानेश्वर सडक बहस भएको छ । रुकुममा भएको जातीय हत्या र विभेद विरुद्ध सडक बहस कार्यक्रममा विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो । बहसमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहोनीले झण्डै ५० लाख जनसंख्या भएको दलित समुदायको हितका सामाजिक आन्दोलन नभएकै कारण घटना घटेको बताए ।