शिक्षक खोज्दै रौतहटका विद्यार्थी सडक आन्दोलनमा उत्रिएका छन् । आम जनता पार्टी (आजपा) निकट आम विद्यार्थी मोर्चाले मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै बुधबार सदरमुकाम गौरमा प्रदर्शन गरेको हो ।
काठमाडौं । हालसालै काठमाडौंका सडकमा दुई भिन्न आन्दोलनका दृश्य देखिए । मिटरब्याजको गलपासोबाट मुक्त गर्न भन्दै पीडितले माइतीघरमा हप्तौं लामो अनसन बसे । अर्कोतर्फ, सार्वजनिक विद्यालयका शिक्षकले राजधानीको सडक प्रणालीलाई नै अस्तव्यस्त बनाउने गरी तीन दिन लामो प्रदर्शन गरे । यी दुई आन्दोलनको केन्द्रमा जनजीविका र सामाजिक सुरक्षाको सवाल जोडिएको थियो । यही मर्ममा आधारित […]
काठमाडौं, ८ असोज। आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुतेर आन्दोलन गर्ने घोषणा गरेका छन्। हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक,बालविकास शिक्षक,पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै सुतेर आन्दोलन गर्ने भएका हुन्। राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन्। आन्दोलनरत शिक्षकहरु दिउँसो १२बजेतिर सडकमा आधा घण्टा लम्पसार परेर पल्टिने बताएका छन्।
७ असोज, काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आइतबार पनि काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका […]
माइतीघर बबरमहल सडकमा आन्दोलनरत शिक्षकहरुको आउजाउ चलिरहेको छ । भिडभन्दा अलि बेग्लै बसिरहनुभएको छ, उदयपुरका शिक्षक देवनारायण चौधरी । उहाँ आन्दोलनमा आउँदा तातोपानीको थर्मस नै बोकेर आउनु भएको छ । थर्मसबाट गिलासमा तातोपानी खन्याउँदै अनि झोलाभित्रको प्लास्टिकको झोलामा औषधि केलाउँदै हुनुहुन्छ । उच्च रक्तचाप, दम, हड्डी खिइएको विभिन्न रोगका औषधि छन् झोलामा । उदयपुर चौदण्डीगढी नगरपालिकाका बासिन्दा चौधरी उदयपुरको थानपोखरी मावि ज्यामिरेझोरका गणित शिक्षक हुनुहुन्छ ।
‘चिसो पानी त यहाँ पनि जत्ति पाइन्छ । अब...
शिक्षकहरुले १७ बुँदे माग राखेर आन्दोलन गरे पनि उनीहरुको मुख्य सरोकार आफूहरुको सरुवा, बढुवा र कारबाहीको अधिकार स्थानीय तहलाई दिन नहुनेमा रहेको शिक्षक संगठनका नेताहरु बताउँछन् ।
संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् । सभामा शिक्षक अगुवाले सरकारले सुनुवाइ नगरेकाले आफ्ना माग संसद्बाट सम्बोधन हुनुपर्ने बताए । शिक्षक महासंघले मंगलबारका लागि शिक्षा मन्त्रालय र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आह्वान गरेको वार्ता अस्वीकार गरेको थियो ।
१९ माघ, काठमाडौं । बेलायतमा प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । बुधबार राजधानी लण्डनको सडकमा यो दशककै सबैभन्दा ठूलो प्रदरश्न भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । अधिकांश शिक्षक, निजामती कर्मचारी र रेल चालकहरू सहभागी आन्दोलनको प्रमुख माग तलब वृद्धि रहेको छ । साथै, प्रदर्शनकारीले मुद्रास्फिति नियन्त्रण गर्न […]
बाँके : निजी विद्यालयमा कार्यरत शिक्षकले आफूले पाउनुपर्ने तलब माग गर्दै नेपालगन्जमा प्रदर्शन गरेका छन्। लकडाउन सुरु भएदेखि तलब नपाएको भन्दै उनीहरुले सरकारले घोषणा गरे अनुसारको पारिश्रमिक आफू कार्यरत विद्यालयबाट पाउनुपर्ने माग गर्दै सडकमा निस्किएका हुन्।
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को नेतृत्वमा सडकमा उत्रिएका शिक्षकल...