इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा एमाले निकट युवा संघ नेपालका नेता कार्यकर्ताहरूले इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै मंगलबार काठमाडौंको बानेश्वर सडक खण्डमा प्रदर्शन गरेका हुन् । त्यस क्रममा उक्त सडक खण्ड केहीबेर सवारी आवागमन प्रभावित भएको हो । सरकारले आगामी साउन १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो ।