ललितपुर–१ बाट कांग्रेसका उदय शमशेरको उदय

नेपाली कांग्रेसका युवा नेतामध्येमा गनिने उदय उदयशम्शेर राणाले ललितपुर–१ बाट प्रतिनिधि सभा सदस्यमा जित हाँसिल गर्नुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई चार हजार ६१४ मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । राणाले २३ हजार ८९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका सिलवालले १९ …

सम्बन्धित सामग्री

अहिलेको सरकार रिमोट कन्ट्रोल केपी ओलीको, फेस प्रचण्डको– उदय शमशेर (भिडियोसहित)

काठमाडौं, २५ पुष । नेपाली कांग्रेसका नेता उदय शमशेर जबराले नेकपा माओवादी केन्द्र गठबन्धनको मर्म र सिद्धान्त भन्दा पनि पदमा लोभिएको आरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ठूलो दलको हैसियतमा सुरुको साढे दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्छ भन्दा प्रचण्ड गठबन्धन तोड्न […]

ललितपुर १ मा कांग्रेसका उदय शमशेर राणा विजयी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शमशेर राणा विजयी भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन् । मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । सिलवाल २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए ।

ललितपुर १ मा उदय शमशेरको अग्रता, पछ्याउँदै नवराज

कांग्रेसका उदय शमशेर राणाले ११ हजार ७३९ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका नवराज सिलवालले ११ हजार १५४ मत पाएका छन् ।

ललितपुर १ मा नवराज सिलवालको अग्रता, पछ्याउँदै उदयशमशेर

एमालेका नवराज सिलवालले ६६७ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उदय शमशेर राणाले ४०१ मत पाएका छन् ।

चुनाव जितेपछि पनि सबै दललाई समेटेर अगाडि बढ्छुः उदय शमशेर

ललितपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले चुनावपछि पनि सत्ता गठबन्धनलाई साथमा लिएर जाने बताएका छन्। ललितपुरको चापागाउँमा आइतबार आयोजित कार्यक्रममा कांग्रेस नेता एवं ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाले गठबन्धनमा रहेका दलहरूलाई समान व्यवहार हुने बताएका हुन्। ‘अहिले हाम्रो गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी सबैलाई समेटेर अगाडि बढ्छु। सबै दलहरुलाई […]

ललितपुर–१ मा उदय शमशेर र नवराज सिलवालको दोस्रो रोचक भिडन्त

ललितपुर क्षेत्र नम्बर १ मा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि मुख्य दुई प्रतिस्पर्धी नवराज सिलवाल र उदय शमशेर राणा आमने–सामने भएका छन् । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा राणालाई पराजित गर्दै विजय हासिल गरेका सिलवाल पुनः उनलाई पराजित गर्ने ध्याउन्नमा छन् भने राणा सिलवालसँग बदला लिने रणनीतिमा छन् ।यी दुई उम्मेदवारबीच अहिले अघिल्लो निर्वाचनको समयभन्दा भन्दा ठीक विपरित राजनीतिक वातावरण सिर्जना हुन पुगेको छ । जतिबेला एमालेबाट उम्मेदवार बनेका सिलवालले माओवादीको साथ पा

कांग्रेसका उदय शमशेर राणाले गराए ललितपुर–१ बाट उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका उदय शमशेर राणाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर–१ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन्। यसअघि २०७४ सालमा एमालेका उम्मेदवार नवराज सिलवालसँग उनी सोही क्षेत्रमा पराजित भएका थिए। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ।

दश दिनभित्र केपी ओली र प्रचण्डले लड्डु बाँड्छन् – उदय शमशेर राणा

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री उदय शमशेर राणाले दश दिनभित्र प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लड्डु बाँडेर सँगसँगै हिँड्ने बताएका छन् ।