सिद्धार्थ बैंक लिमिटेडले शुक्रबार विराटनगरस्थित कोशी अस्पताललाई तीन थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले सो मेसिन कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्री लक्ष्मी नारायण यादवलाई हस्तान्तरण गरेका हुन् ।उक्त हेमोडायलाइसीस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने बिरामीहरूको उपचारका लागि प्रयोग गर्नेछ । बैंकले पुर्याएको सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।