नयाँ के उट्पट्याङ गरूँ ?

चर्चामा आइरहनलाई बेला बेलामा केही न केही उट्पट्याङ गरिरहनुपर्छ । कहिले जिब्रो चिप्ल्याउनुपर्छ त कहिले दुष्कर्म गरिरहनुपर्छ । जिब्रो चैं धेरै नेता, मन्त्रीहरूको चिप्लिरहेको हुन्छ । कहिले नजानेर त कहिले जानाजान । त्यसकै कारण त उनीहरू मिडियामा छाइरहेका हुन्छन् । चर्चा चल्छ र त नेताको नाम चल्छ । अर्थमन्त्रीले आर्थिक युद्धमा एक कमाण्डर अर्थात् गभर्नरलाई कामबाटै हटाए । कुन दिन राष्ट्र बैंक नै पो हटाइदिन्छन् कि के थाहा ? राष्ट्र बैंकलाई अर्थ मन्त्रालयमा गाभे खर्च कटौती हुन्छ भनेर तर्क ल्याउन के बेर ? राम्रो गरे पनि नगरे पनि एकपटक मिडियामा नाम प्रकाशमा आयो मात्र भने पनि तिनको भविष्य उज्यालो हुन्छ । मिडियाको आँखा परेपछि बिरालो पनि सिंहमा दरिन्छ । हो, यो सबै मिडियाकै देन हो । अझ जति विवादित व्यक्ति, त्यति नै मिडियामा स्थान पाउने सम्भावना बढी हुन्छ । चर्चामा रहन च्याउमार्का मिडियालाई पट्याउन जरुरी हुन्छ । जसले मिडियालाई पट्याउन सक्छ, ऊ तुरुन्तै भाइरल हुन सक्छ, ग्लोबल बन्न सक्छ । चुनाव लड्नेवाला होस् वा सामान्य व्यक्ति, मिडियाको उदारताका कारण ‘खास’ बन्छन् । अरूलाई खास बनाउने मिडिया हाउस वा मिडियाकर्मी आफू पनि खास बन्ने चाहना रोक्न नसकेर उट्पट्याङ गर्न हौसिइहाल्छन् । तपाईं सही खबर हजार दिनुस् वाल मतलब, तर एउटा उट्पट्याङ खबर दिनुस्, तपाईंको चर्चा सगरमाथा नाघेर कहाँ कहाँ पुग्छ । आफू स्वयं चर्चित वा विवादित भएपछि उसको मिडिया पढ्ने, देख्ने वा सुन्नेहरू हजारौं मान्छे तुरुन्तै उसका प्रशंसक वा आलोचक बनिहाल्छन् । नाम होस्, बदनाम होस् तर गुमनाम चैं नहोस् भनेजस्तै कसैकसैलाई चैं आफ्नो मिडियाको पाठक वा दर्शक बढाउन केही न केही गरी नै रहने बानी हुन्छ । गसिपलाई समाचार बनाएर होस् वा हिरोइनका अर्धनग्न ब्लोअप छापेर होस् चर्चामा नछाए त तिनलाई निद्रा पनि लाग्दैन । अझ कहिले विनाइजाजत जबरजस्ती जहाजमा घुसेर होस् वा मिटिङभित्रै गएर क्यामेर तेर्स्याएर होस्, अथवा मिलोस् नमिलोस् अन्तरवार्ता लिने नाममा जथाभावी प्रश्नहरू बर्साएर होस्, चर्चा चलाउनै पर्छ । मिडिया अर्थात् पत्रकारिता कुनै बेला मिशन थियो, हिजोआज कसै कसैको एम्बिसन बनेको होला त कसैको फ्युजन र कसैको कन्फ्युजन । मिडियाको भिजन त हुनुहुँदैन क्यारे । यसबारे व्याख्यात्मक टिप्पणी गरिरहनु जरुरी नै छैन । सबैलाई थाहा छ, जुन पत्रकार जति तल गिर्न सक्छ, ऊ उति नै चर्चाको टुप्पोमा पुग्छ । प्रतिस्पर्धाको होडमा नमरेका मानिस मारिन्छन् । अब त हुँदा हुँदा मिडिया/पत्रकारले आफै पत्रकार, आफै न्यायाधीश, आफै प्रहरीको भूमिका खेल्न थालिसके । यो सबै कुराले आफ्नो चर्चा बढ्छ । आफ्नो साइटमा धेरैभन्दा धेरै पाठकले क्लिक गर्छन् । जति धेरै क्लिक, त्यति धेरै विज्ञापन । अनि त्यति नै धेरै सफलता । चर्चामा रहिरहन मिडियाले केसम्म गर्न थालेका छन् भन्नै परेन । नग्नता, नकारात्मक, नशिलो सबै प्रकारका ‘न’कारहरूको प्रयोग बढाइरहेकै छन् । यो २१औं शताब्दी हो । रूढीवादी बनिरहनु जरुरी छैन । विकृत हुँदै गइरहेको संस्कृति र संस्कारका विषयमा रोइरहन पनि जरुरी छैन । बरु यो उचित हुन्छ कि निर्लज्ज हुँदै असंगत, अनैतिक, असभ्य नै किन नहोस्, उट्पट्याङ गरिरहनुपर्छ । अब त कमसेकम आजका हाम्रा देशका खलनायकहरूबाट केही सिकौं । दुनियाँले जेसुकै भने पनि आफ्नो गीत गाइरहनुपर्छ । आफ्नो कर्म कुकर्म छाड्नुहुन्न । उट्पट्याङ सिकाउने महागुरु चाहिँ राजनीति नै हो है । नीतिको पनि राजा भनिने राजनीति त उट्पट्याङको पर्याय नै हो ।  हाम्रा प्रधानमन्त्री र मन्त्रीहरूबाट धेरै सिक्न सकिन्छ । देख्नुभएन चौतर्फी आलोचना हुँदा हुँदै पनि सरकारले राजनीतिक सिफारिशका नाममा धेरैजसो यस्ता मानिसलाई राजदूतमा सिफारिश गर्‍यो, जो भागबण्डामा नेताहरूका आसेपासे नातेदारहरू मात्र पारियो । तीमध्ये प्रायःजसो पियन पद पाउन पनि लायक देखिन्नन् । यता, अर्थमन्त्रीलाई नै हेर्नुस् । अर्थतन्त्र कठिन मोडमा पुगिरहेका बेला फ्याट्ट गभर्नरलाई निलम्बन गरे । लडाइँको बेला हतपत्त कमाण्डर फेर्न हुँदैन । तर अर्थमन्त्रीले आर्थिक युद्धमा एक कमाण्डर अर्थात् गभर्नरलाई कामबाटै हटाए । कुन दिन राष्ट्र बैंक नै पो हटाइदिन्छन् कि के थाहा ? राष्ट्र बैंकलाई अर्थ मन्त्रालयमा गाभे खर्च कटौती हुन्छ भनेर तर्क ल्याउन के बेर ? राष्ट्रपति र प्रधानमन्त्रीले उद्घाटन गरिसकेको मेलम्ची अहिले फेरि प्रधानमन्त्री देउवाले उद्घाटन गरे । यी घटनाहरूबाट के सिक्न सकिन्छ भने चर्चामा रहिरहन केही न केही उट्पट्याङ गरिनै रहनुपर्छ । त्यसमा पनि जति ठूलो पद, त्यति नै ठूलो उट्पट्याङ । नत्र ठूलो पदमा बसेको के सार ? पदमा पुग्न पनि उट्पट्याङ नै गर्नुपर्ने । सही कुरा भन्नुस् एउटा भोट आउन्न, उट्पट्याङ बोल्नुस्, स्वप्नद्रष्टामा दरिइहाल्नुहुन्छ । अनि त भोट त के नोटको समेत चिन्ता लिनुपर्दैन । हो, जति ठूलो उट्पट्याङ त्यति नै ठूलो चर्चा । जति ठूलो चर्चा त्यति नै ग्लोबल रूपमै भाइरल हुने सम्भावना । नत्र विश्वले नेपाल र नेपालीलाई के भनेर चिन्ने त ? त्यसैले ग्लोबल बन्न मन छ भने लोकलमाथि फोहोर फ्याँक्ने काम गरौं । जथाभावी मान्छे नियुक्ति गरौं । जथाभावी लाइसेन्स बाँडौं । जथाभावी बाटो खनौं । जथाभावी लेखौं । जथाभावी बोलौं । जथाभावी आयात गरौं वा रोकौं । युवाहरूलाई जथाभावी विदेश लखेटौं । जथाभावी उद्घाटन गरौं । जे जेमा जति जथाभावी गर्न सकिन्छ, गरौं । अनि न संसारले पनि तपाईंलाई पढ्छ, सुन्छ वा हेर्छ । अनि भन्छ वाह ! त्यसैले खोजी खोजी, सोची सोची केही न केही निर्लज्ज उट्पट्याङ गरिरहुँ । राम्रा काम गर्ने मान्छेहरूलाई नराम्रो प्रमाणित गरौं । नराम्रा काम गर्ने मान्छेहरूलाई राम्रो भनेर झ्याली पिटौं । राम्रो गर्नलाई त हामीसँग बाँकी नै के पो छ र ? त्यसैले कतिपय मिडिया, नेता, मन्त्रीहरूबाट प्रेरणा लिँदै म पनि सोचिरहेको छु के चैं नयाँ उट्पट्याङ गरूँ भनेर । नयाँ वर्ष २०७९ लागेको छ । अरू कुनै राम्रो काम केही पाउनुभएन भने पनि आउनुस्– यो नयाँ वर्षमा नयाँ उट्पट्याङ गरौं र नयाँ उचाइमा पुगौं !

सम्बन्धित सामग्री

मुख्यमन्त्री उट्पट्याङ गर्दै हुनुहुन्छ : हिक्मत कार्की

२० फागुन, विराटनगर । कोशी प्रदेशसभाको प्रमुख विपक्षी दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री केदार कार्कीले उट्पट्याङ काम गरेको टिप्पणी गरेका छन् । अनलाइनखबरसँगको कुराकानीमा एमाले नेता कार्कीले प्रदेश सरकारको काम सन्तोषजनक नभएको बताए । ‘सरकार गलत बाटोमा छ, राम्रो काम गरिरहेको छैन’, एमाले नेता कार्कीले भने,‘…उहाँ हेर्दा पपुलिष्ट देखिने तर आफ्नो क्षमता र योग्यता भन्दा […]

केपी ओलीले पूर्वराजामाथि उट्पट्याङ आरोप लगाएको लोहनीको टिप्पणी

काठमाडौं, १८ बैशाख । राप्रपाका शीर्ष नेता डा. प्रकाशचन्द्र लोहनीले एमाले अध्यक्ष केपी शर्मा ओली उट्पट्याङ कुरा गर्न प्रख्याँत रहेको टिप्पणी गरेका छन् । पछिल्लो समय ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि टिप्पणी गर्न थालेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्– ‘माननीय केपी ओलीजी एक आफुलाई अध्ययनशील नेता ठान्नुहुन्छा। यसको साथै […]

बालकथा : विद्वान् सर्वत्र पुज्यते

अघि कुनै समयमा हाल पाकिस्तानको बलुचिस्तान प्रान्तमा पर्ने खनाबदोस नामक गाउँमा एकजना शेख चिल्ली नामका मानिस बस्थे । बाल्यकालमा उनी साह्रै मूर्ख स्वभावका थिए । नाम चिल्ली थियो व्यवहार सिल्ली । उट्पट्याङ काम र कुरा गर्न कसैले पनि भ्याउँदैन थे । अल्छी त्यस्तै, हौडी त्यस्तै । गरीवीका कारण घरको हालत खराब थियो । बाबु सानैमा बितेका थिए आमा विरामी । खानै पर्‍यो लगाउनै पर्‍यो । इज्जत बचाएर हिँड्नै पर्‍यो । विचरी सकीनसकी ज्याला मजदुरी गरी गर्जो टार्थिन् तर चिल्लीलाई वास्तै थिएन ।निस

फिल्म हेरेर सबै बुझ्छन्, कक्षामा पढेको किन सहजै बुझ्दैनन् बालबालिका ?

झट्ट सुन्दा उट्पट्याङ जस्तो लाग्छ, तर यो गहिरो कुरा छ । बालबच्चाले दुई घण्टाको फिल्म हेरेर सबै कुरा हुबहु बुझ्न सक्छन् । कथा, घटनाक्रम, दृश्य, संवाद, कलाकारको हाउभाउ उनीहरुले याद गर्न सक्छन् । फिल्मको कथा कस्तो थियो ? हिरो–हिरोइन कस्ता थिए ? उनीहरु नबिराई भनिदिन सक्छन् । तर कक्षाकोठामा पढेको पाठ नि ? बालबच्चाले कक्षाकोठामा […]

उट्पट्याङ बोलेर झर्ला र खाउँला भन्ने बाहेक अरु ओलीको नियतिमा छैनः झलनाथ खनाल

काठमाडौं, २९ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं इलाम १ का उम्मेदवार झलनाथ खनालले इलामका जनताले आफूलाई फेरि पनि जिताउने बताएका छन् । ‘विकासका दृष्टिले इलाम १६५ क्षेत्रमध्ये सबभन्दा एकदमै अगाडि छ । हामीले यहाँ अर्बौंको बजेट ल्याएर बहुआयामिक विकास गरेका छौं । प्रत्येक पालिकामा करोडौंका खानेपानी योजना छन् । सडक र […]

गर्माउँदै गोरखा, राजनीतिमा निरश राजमार्ग : यस्तो देखियो चुनावी चहलपहल

गोरखा : मौसमले चिसो ह्वात्तै बढाउँदै गएको भए पनि राजनीतिको गर्मी उखरमाउले बन्ने सुरसारमा छ। मंसिर ४ गते पाँचवर्षे संसदीय राजनीतिको मुख्य पर्वको दिन। त्यसैले देश चुनावमय भइसक्यो भन्ने अनुमान। सामाजिक सञ्जाल त राजनीतिले लपक्कै रङ्गिसक्यो। पुराना नेतालाई बिदा गर्ने अभियान ‘नो नट अगेन’ पनि उट्पट्याङ पारामा चलिरहेकै छ। कतिसम्म…

विस्थापित भए स्थापित : किन रोइस मंगले, आफ्नै ढङ्गले...

काठमाडौं महानगरमा बालेनको उदय हुँदा केशव स्थापित विस्थापित भएका छन्। २०५४ सालमा मेयर बनेर काठमाडौंमा बलियो प्रभाव छाडेका विस्थापित यसपाला चाहिँ आफ्नै बोलीले आलोचित भइरहे। अरुलाई होच्याउने उनको शैलीले उनलाई नउठ्नेगरी थच्यायो। अपत्यारिलो हिसाबमा बालेनप्रति मानिसहरु आकर्षित भए। हावादारी योजनाबाट वाक्क भएकाहरुले स्थापितहरुका उट्पट्याङ शैलीलाई दुत्कारे। घमण्डको पारोलाई रित्याइदिए। स्थापितको…

‘अनस्क्रिन केमेस्ट्री’ : कुन अभिनेताको जोडी कोसँग सुहाउँछ ?

२ फागुन, काठमाडौं । कुन अभिनेतासँग डेट गर्न चाहनुहुन्छ ? अक्सर सोधिने यस्ता उट्पट्याङ प्रश्नमा अभिनेत्रीहरुको ठट्यौली जवाफ हुन्छ, अनमोल केसी । वास्तवमा अनमोल चाहिं कुन अभिनेत्रीसँग नजिकिन रुचाउँछन् ? यसको जवाफ शायदै फेला पर्ला । किनभने अनमोल आफ्नो निजी कुरामा पटक्कै खुल्दैनन् । निजी जीवनलाई जतिसक्दो ढाकछोप गर्न रुचाउँछन् । त्यसो भए कुरा गरौं […]

निजी क्षेत्रलाई स्वदेशमै गाडी बनाउन अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । विषयगत ज्ञान, कार्यक्रमको प्रकृतिभन्दा पनि चर्चामा आउने लोभमा जथाभावी बोल्ने रोगबाट यो सरकारका मन्त्रीहरु पनि अछुतो रहन सकेका छैनन । दोब्बर राजश्व बढाउने देखि नेपालमै मोबाइल सेट बनाउने भाषण गर्दै आउनुभएका अर्थमन्त्री जनार्दन शर्माले बुधबार अर्को उट्पट्याङ थप्दै निजी क्षेत्रलाई स्वदेशमै गाडी बनाउन आग्रह गर्नुभयो । अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ […]