नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले उट्पट्याङ कुराले दुनियाँलाई हँसाएर प्रधानमन्त्रीको जिम्मेवारी पूरा नहुने बताएका छन् ।
चितवनमा आयोजित प्रचण्ड–नेपाल पक्षीय भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी पूरा गर्न नसकेकाले पार्टी एकता फेरि फर्किन आग्रह गरेका छन् ।
‘तपाईंको दिमागमा कुनै कुनामा विवेक छ, कम्युनिस्ट आन्दोलनप्रति माया छ, आफूलाई चुनेका जनताप्रति संवेदनशीलता छ भने तपाईं प्रायश्चित र पश्चाताप गर्नुस्, फर्किनुस्, तपाई...