काठमाडाैं : भारत भ्रमणमा रहेको इंग्ल्यान्डले पहिलो टेस्टमा प्रभावशाली जित आत्मासाथ गरेको छ।पहिलो टेस्टको अन्तिम दिन इंग्ल्यान्डले २२७ रनले भारतलाई हराएको हो। यसअघि इंग्ल्यान्डले भारतलाई घरेलु मैदानमा २००६ मा मुम्बईमा २१२ रनले पराजित गरेको थियो। भारतले चेन्नईको चेपक मैदानमा २२ वर्षपछि हार भोगेको हो। भारतले पछिल्लो पटक यो मैदानमा जनवरी १९९९ मा पाकिस्तानसँग १२ रनले पराजित भएको थियो। त्यसपछि भारतले यो मैदानमा ८ ओटा टेस्ट खेल खेलिसकेको छ। जसमा भारतले ५ खेलमा जित निकाल्दा तीन खेलमा बराबरी खेलेको