काठमाडौं, कात्तिक २८ । सोलुखुम्बुमा ३० वर्षदेखि नेपाली कांग्रेसबाट लगातार चुनाव लड्दै आएका बलबहादुर केसी र एमालेका केन्द्रीय सदस्य मनवीर राईबीच प्रतिस्पर्धा हुँदैछ। सोलुबाट सातपटक उम्मेदवार भएका केसी चारपटक निर्वाचित भैसकेका छन्। उनी पाँचौंपटक प्रतिनिधिसभा सदस्य बन्ने तरखरमा छन्। एमालेका राई पनि सोलुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर इतिहास रच्ने अभियानमा छन्। नेपाली कांग्रेसका प्रभावशाली नेता […]