पोखरा : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व कानुन मन्त्री यज्ञबहादुर थापाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका छन्। आजदेखि काठमाडौंमा आयोजना हुन गइरहेको कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा थापाले उम्मेद्वारी घोषणा गरेका हुन्। केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्दै उनले भने, ‘कांग्रेसको गौरवपूर्ण इतिहास र विरासतको संरक्षण गर्दै नयाँ पुस्तालाई समेत आकर्षण बनाइराख्न मेरो योगदान रहनेछ।’मुलुकको व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका थापा