एमी अवार्डका १४ विधामा ‘स्क्वीड गेम’

काठमाडौँ – विश्वभर तरंग ल्याउन सफल वेब सिरिज मध्येको एक हो ‘स्क्वीड गेम’ । नेटफ्लिक्समा रिलिज भएको वेब सिरिजले इतिहास रच्दै नयाँ नयाँ रेकर्ड बनायो । दक्षिण कोरिया कसरी विश्व मनोरञ्जन जगतमा प्रभावशाली बन्दैछ भन्ने तथ्यलाई पेश गरेको सिरिज टेलिभिजनको ओस्कार मानिने एमी अवार्डमा गैरअंग्रेजी भाषाको सिरिजतर्फबाट सर्वाधिक विधामा मनोनित हुने कीर्तिमान राखेको छ । […]