प्रेम दिवसको अवसरमा वीरगञ्जबाट दुई जना सडक मानवको उद्धार

३ फागुन, वीरगञ्ज । वीरगञ्जमा खुल्ला आकाशमुनि कष्टकर जीवन विताइरहेका दुई जनाको उद्धार गरिएको छ । मानव सेवा आश्रम वीरगञ्ज शाखाले प्रेम दिवसको अवसर पारेर रात्री गस्ती गरी उनीहरुको उद्धार गरेको हो । टोलीले घण्टाघर, पावरहाउस …

सम्बन्धित सामग्री

दश हजार सडक मानवको उद्धार

हालसम्म देशभर १० हजार सहयोेगापेक्षी सडक मानवको उद्धार गरिएको मानव सेवा आश्रमले उद्धारसँगै सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ । मानव सेवा आश्रमले सञ्चालन गरेको सडक मानवमुक्त अभियानलाई सफल बनाउन उद्धारसँगै सचेतना अभियान थालिएको छ । दुई पटकसम्म मेची– महाकाली उद्धार अभियान सम्पन्न गरिसकेको मानव सेवा आश्रमले पछिल्लो समय आमाबाबाको महत्ता जगाउँदै सडक मानवमुक्त अभिायनलाई तीव्रता …

मेची-महाकाली उद्धार यात्रा- दसैँभर १२२ सडक आश्रित मानवको उद्धार

रूपन्देही । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरू अभियान अन्तर्गत दसैँभर १२२ जना सडक आश्रित मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरू भएको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८०’ शनिबार बिहान बुटवल आइपुगेको हो । अभियान अन्तर्गत […]

धनुषाबाट १० जना सडक मानवको उद्धार

३ कात्तिक, जनकपुृरधाम । धनुषाबाट १० जना सडक मानवको उद्धार गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाबाट ७ जना र मिथिला नगरपालिकाबाट ३ जनाको उद्धार गरिएको समाजसेवी प्रकाश थारुले जानकारी दिए । बिरामी, मानसिक रोगी, अशक्त, बोल्न नसक्ने तथा फरक क्षमता भएर घरपरिवारबाट विस्थापित भइ सडकमा अलपत्र परेर कष्टकर जीवन व्यथित गरिरहेका मानवहरुको उद्धार गरि जनकपुर मानव […]

धरानबाट ३२ सडक मानवको उद्धार

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका भित्र सडकमा बसेर जिवन गुजारा गर्दै आएका ३२ सडक मानवलाई उद्धार गरिएको छ । मंगलवार राति १२ बजे ईलाका प्रहरी कार्यालय धरानको सहयोगमा धरान उपमहानगरपालिकाले उनीहरुको उद्धार गरेको हो । धरानमा जथाभावि हिड्ने सडक मानवका कारण सवारी साधान संचालनमा असर पर्नुका साथै यहाँको सुन्तरतामा समेत गम्भिर असर परेको थियो । […]

नेपालगन्जमा शाखा खोलेर सडक आश्रित मानवको उद्धार गर्दै मानव सेवा आश्रम

मानव सेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले नेपालगन्ज शाखा विस्तार गरेर बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर रहेका सडक आश्रित मानवहरूको उद्धार शुरु गरेको छ ।

मेची-महाकाली राष्ट्रिय उद्धार यात्राः पहिलो दिन पाँच जनाको उद्धार

मेची-महाकाली यात्रामा रहेको मानवसेवा आश्रमको टिमले पहिलो दिन पाँच जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरेको छ ।

मानवसेवा आश्रमद्वारा ३९ जनाको उद्धार, २३ जनाको पुनर्मिलन

दसैँको समयमा मानवसेवा आश्रमले देशभरबाट ३९ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरेको छ । सडकपेटी र सार्वजनिक स्थलहरुमा मानसिक तथा शारीरिक रुपमा कमजोर भई बेवारिसे जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्धार गरेको आश्रमका अभियन्ता मनोज घिमिरेले जानकारी दिए । देशका १६ जिल्लामा शाखाहरु विस्तार गरेको मानवसेवा आश्रमले दशैँको समयमा घटस्थापना देखि पूर्णिमासम्म "यसपालीको दशैँमा कोही पनि मानिस सडकमा नरहून्" अभियान सन्चालन गरेको थियो ।आश्रमले यस अवधिमा २३ जनाको पुनर्मिलन समेत गरेको छ । १८ जनाक

तनहुँमा नौ जना सडक मानवको उद्धार

साहारा नपाएर तनहुँमा सडकमा कष्टकर जीवन गुजारी रहेकाहरुको उद्धार कार्य भइरहेको छ । मानव सेवा आश्रम कास्कीद्धारा व्यास नगरपालिकाको पाँच र शुक्लागण्डकी नगरपालिकाका क्षेत्र रहेका चार गरी नौ जनाको उद्धार गरिसकेको छ । मागेर खाने र चिसो मौसममा खुला आकाश मुनि सुप्ने कष्टकर जीवन बिताइरहेकोले उद्धार गरिएको आश्रमले जनाएको छ ।

तनहुँमा ९ सडक मानवको उद्धार

काठमाडौं । सडकमा कष्टकर जीवन बिताइरहेका नौ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिकाबाट पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार सडक मानवको मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो ।

यसरी हुँदैछ सडक मानवको उद्धार !

नारायण ढुङ्गाना, धनुषा । यहाँस्थित वीरेन्द्र बजारको सडकपेटीमा एक महिला अशक्त अवस्थामा देखिनुभयो । लामो समय सडकवास हुँदा चिसोका कारण घुँडा सुन्निएकाले उहाँ राम्ररी हिँडडुल गर्न सक्नुभएको थिएन । वरपर मान्छेको आवतजावत बाक्लै भए पनि कसैको नजर उहाँमा परेको थिएन । बेवारिसे व्यक्तिलाई हेर्ने दृष्टिकोण नै समाजमा अझै पनि सकारात्मक छैन भन्ने तीतो यथार्थ त्यहाँ देखियो । यत्तिकैमा एक हुल युवा हरर…आइपुगे । एक्कासि नयाँ मानिसको जमघट देखेपछि स्थानीयवासीको जमघट बढ्यो । उनीहरु खुसामद गर्दै थिए । कतिले पैसा बाँड्न लागेको र खाना बाँड्न लागेको कुरा पनि खुसामद गर्दै थिए । त्यो युवा समूह अरु कोही नभएर मानव सेवा आश्रमको मेची–महाकाली उद्धार अभियानकर्मी थिए । बेसहाराको उद्धारमा खटिएका युवाले उहाँलाई स्टे«चरमा राख्नै लाग्दा महिलाको आँखाबाट बरर… आँसुका धारा बग्यो । मलिन अनुहारमा दुई हात जोडेर उहाँले सबैसामु सहयोगको भिख माग्नुभयो । यसअघि यसरी कसैले नगरेको काम एक्कासि प्राप्त मायाले उहाँ चकित पनि हुनुभयो । फरक भाषा भएकाले बुझ्न नसकिए पनि उहाँका हाउभाउले धेरै पीडा बोलिरहेको थियो । कारुणिक अवस्थाबाट उद्धार गरी उहाँलाई सर्लाहीस्थित हरिवनमा रहेको मानव सेवा आश्रममा ल्याएर राखिएको छ । ‘केही भन्न खोज्दै हुनुहुन्थ्यो तर भन्न सकिरहनुभएको थिएन, हामीले तत्कालै उद्धार गरेर स्टे«चरमा राख्दा पनि उहाँ ऐया… ऐया भन्दै रुनुमात्र भयो’, उद्धारकर्मी सुशीला केसी सम्झनुहुन्छ, ‘आश्रम ल्याएर सरसफाइ गरेपछि उहाँको पीडा निकै कम भएको छ ।’ सिरहाको लहान बजारस्थित सडकमा फेला परेका चार व्यक्तिलाई पनि सोही बेला नेपाल प्रहरीले उद्धार टोलीको जिम्मा लगायो । उनीहरु सबैलाई मेचीकाली अभियानमा खटिएको टोलीले एम्बुलेन्समा राखेर मानव सेवा आश्रममा पुर्याई खाना, नाना र छानाको आवश्यक प्रबन्ध गरिएको छ । टोलीले आफैँ राजमार्गमा घुमेर सडकमा रहेका बेसहाराको उद्धार गरिरहेको छ । उक्त टोलीमा एम्बुलेन्सहित स्वास्थ्यकर्मी परिचालित छन् । जहाँ मिल्छ, त्यहाँ आफैँ खाना पकाएर खाँदै टोलीले उद्धार अभियान चलाइरहेको छ । युवाले सोही क्रममा सामाजिक सचेतना दिने, स्थानीय तह र प्रदेश सरकारलाई घच्घच्याउने काम पनि एकैसाथ गर्दै आएका छन् ...