दसैँको समयमा मानवसेवा आश्रमले देशभरबाट ३९ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरेको छ । सडकपेटी र सार्वजनिक स्थलहरुमा मानसिक तथा शारीरिक रुपमा कमजोर भई बेवारिसे जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्धार गरेको आश्रमका अभियन्ता मनोज घिमिरेले जानकारी दिए । देशका १६ जिल्लामा शाखाहरु विस्तार गरेको मानवसेवा आश्रमले दशैँको समयमा घटस्थापना देखि पूर्णिमासम्म "यसपालीको दशैँमा कोही पनि मानिस सडकमा नरहून्" अभियान सन्चालन गरेको थियो ।आश्रमले यस अवधिमा २३ जनाको पुनर्मिलन समेत गरेको छ । १८ जनाक