साहारा नपाएर तनहुँमा सडकमा कष्टकर जीवन गुजारी रहेकाहरुको उद्धार कार्य भइरहेको छ ।
मानव सेवा आश्रम कास्कीद्धारा व्यास नगरपालिकाको पाँच र शुक्लागण्डकी नगरपालिकाका क्षेत्र रहेका चार गरी नौ जनाको उद्धार गरिसकेको छ । मागेर खाने र चिसो मौसममा खुला आकाश मुनि सुप्ने कष्टकर जीवन बिताइरहेकोले उद्धार गरिएको आश्रमले जनाएको छ ।