चितवन। नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले विगतमा भएको सहमति अनुसार २० प्रतिशत घरभाडा छूट गर्न अनुरोध गरेको छ । मञ्चले एक विज्ञप्ति जारी गर्दै व्यवसायी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै घरभाडा छूट दिन आग्रह गरेको हो । सडक विस्तारका क्रममा भएको असर, व्यवसायी बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर, घरभाडा वृद्धिका कारण व्यवसाय धराशयी अवस्थामा रहेको भन्दै व्यवसायीले गरेको आग्रहका आधारमा घरधनी २० प्रतिशत भाडा घटाउन सहमत भए पनि त्यसको कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ । ‘गत जेठ २६ मा भाडा छूट गर्न भएको आग्रहका आधारमा केही घरधनीहरूले २० प्रतिशत नै घरभाडा छुट दिनुभएको छ, तर केहीले भाडा नघटाइ साविककै भाडा लिइरहनु भएको छ, ’ विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको विषम परिस्थितीमा भाडा दरमा छूट गराई व्यवसायीलाई सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौं ।’
देशको विषम परिस्थितिमा घर घाडामा विशेष छुट दिन व्यवसायीहरुले आग्रह गरेका छन् । नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलनमार्फत देशको विषम परिस्थितिमा बाचौं र बचाऔं भन्ने मुल नाराका साथ घरधनीहरुसमक्ष घर भाडामा विशेष छुट दिन आग्रह गरेका हुन् । भूकम्प र त्यस लगतै आएको विश्वव्यापी महामारीले गर्दा हाल विश्वकै अर्थतन्त्रमा आएको […]
पोखरा – आर्थिक संकटबाट व्यवसायीलाई जोगाउन घरधनीसँग घरभाडामा छुट माग गरिएको छ। नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले ५० प्रतिशतसम्म घरभाडा छुटको माग गरेको हो। ‘हाल विद्यमान आर्थिक संकट समान्य नभएसम्म घरभाडामा ५० प्रतिशत छुट गरौँ’, समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले आग्रह गरे। व्यवसायीलाई राहात दिन सके पलायन नहुने उनको भनाइ छ। ‘व्यापार व्यवसाय चौपट छ। […]
नेपालगञ्ज – नेपाल उद्योग तथा व्यवसायी महासंघ, बाँकेले व्यापारीको पलायन रोक्न र व्यापारीलाई टिकाइ राख्नका लागि घर भाडामा छुट दिन जोडदार माग गरेको छ। महासंघका बाँके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नियमित बढाउँदै आएको घरभाडा सहज अवस्था नहुने बेलासम्म नबढाउन, खाली भएका सटर वा गोदामलाई सहुलियत दरमा उपलब्ध गराई बजार पलायन हुनबाट रोक्न र हाल लिइरहेको भाडालाई […]
धनकुटा उद्योग वाणिज्य संघले कोरोना संक्रमणको जोखिमलाई कमगर्न भन्दै सरकारले लगाएको निशेधाज्ञाका कारण व्यापार व्यावसाय ठप्प रहेको हुँदा निषेधाज्ञाको समयको घर भाडा छुट गरी दिन धनकुटाका घर धनीहरूसंग आग्रह गरेको छ । निषेधाज्ञाका कारण व्यापार, व्यवसाय बन्द रहेकाले व्यापारीहरू ठूलो मारमा परेकाले घर भाडा छुट गरी दिन घरधनीहरूलाई आग्रह गरिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष […]
साउन १२, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले आफ्ना सदस्यलाई घरभाडा छूट गर्न आग्रह गरेको छ ।
संघका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा सोमवार वीरेन्द्रनगरमा बसेको कार्य समितिको २९ औं बैठकले कोरोनाको महामारी र बन्दाबन्दीले आर्थिक क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै आफ्नो इच्छा र गच्छे अनुसारको छूट दिन आग्रह गरेको हो । बैठकले आफ्नो घर जग्गा वहालमा बस्ने उद्योगी, व्यापारी, व्यवसायीलाई इच्छा र गच्छे अनुसारको छूट दिन आग्रह गरेको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।
‘कोरोना महामारीले उत्पन्न संकटबाट निजी क्षेत्रका उद्योग, व्यापार, व्यवसाय चौपट नै पारेको छ,’ उनले भने, ‘हामी संघका सदस्यलाई मात्र होइन, आम जनसमुदायलाई आ–आफ्नो घर जग्गा वहालमा बस्ने उद्योगी, व्यापारी, व्यवसायीलाई इच्छा र गच्छे अनुसार छुट गर्न आग्रह गर्दछौं ।’ उनले बैठकमा घरभाडा छूट गर्न सार्वजनिक रुपमै अपिल गर्ने निर्णय गरिएको बताए ।
‘लामो समयको महामारी र बन्दाबन्दीका कारण उद्योगी व्यापारी आक्रान्त छन्,’ उनले भने, ‘अहिले केहि खुकुलो भएपनि अपेक्षित रुपले व्यापार व्यवसाय सञ्चालन नभएको हुँदा यस्तो आग्रह गरिएको हो ।’
उनका अनुसार बैठकले संघको सदस्यता नविकरणका लागि असोज मसान्तसम्म छूट र संघको भवनमा कोठा भाडामा लिएर पसल सञ्चालन गर्नेलाई एक महीना घरभाडा छूट दिने निर्णय गरेको छ ।
संघले कोरोनाको प्रकोपका कारण स्थगित हुँदै आएको संघको ३६ औं र ३७ औं वार्षिक साधारणसभा आगामी असोज २ गते गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए ।
३१ जेठ, गोरखा । पालुङटार नगरपालिका-५ ठाटीपोखरी बजार क्षेत्रमा भाडामा व्यवसाय गर्नेहरुलाइ लक्षित गरी घर भाडा छुट अभियान सञ्चालन गरिएको छ । स्थानीय बौद्ध हिमाल युवा क्लबको पहलमा यो अभियान सञ्चालन भएको हो। अभियान अन्तर्गत हालसम्म ३० जना भन्दा बढी व्यवसायीको घरभाडा छुट भइसकेको क्लबका अध्यक्ष किरण गिरीले बताए। ‘हाम्रो क्लबको पहलमा प्राय सबै घरवेटीले […]
लकडाउनका समयमा घरभाडा छुट दिने यहाँका १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीको विवरण सङ्कलन गरी प्रोत्साहनस्वरुप सम्मान पत्रद्वारा सम्मान गरिएको सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो ।
३ असार, काठमाडौं । लकडाउन अवधिको घरभाडा छुट पाउने हो कि होइन भन्ने निधो गर्न माग गर्दै होटल व्यवसायीले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।
होटल व्यवसायी पूर्णबहादुर कार्कीले दायर …