घरभाडा नबढाउन संघको अपिल

व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र सम्भव भएमा छुट दिन उद्योग वाणिज्य संघ चितवनले अपिल गरेको छ।

सम्बन्धित सामग्री

घरभाडा २० प्रतिशत छूट गर्न घरबहाल मञ्चको आग्रह

चितवन। नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले विगतमा भएको सहमति अनुसार २० प्रतिशत घरभाडा छूट गर्न अनुरोध गरेको छ । मञ्चले एक विज्ञप्ति जारी गर्दै व्यवसायी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै घरभाडा छूट दिन आग्रह गरेको हो । सडक विस्तारका क्रममा भएको असर, व्यवसायी बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर, घरभाडा वृद्धिका कारण व्यवसाय धराशयी अवस्थामा रहेको भन्दै व्यवसायीले गरेको आग्रहका आधारमा घरधनी २० प्रतिशत भाडा घटाउन सहमत भए पनि त्यसको कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ । ‘गत जेठ २६ मा भाडा छूट गर्न भएको आग्रहका आधारमा केही घरधनीहरूले २० प्रतिशत नै घरभाडा छुट दिनुभएको छ, तर केहीले भाडा नघटाइ साविककै भाडा लिइरहनु भएको छ, ’ विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको विषम परिस्थितीमा भाडा दरमा छूट गराई व्यवसायीलाई सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौं ।’

रुपन्देहीका होटेल व्यवसायी घरभाडा र किस्ता तिर्न नसकी पलायन हुँदै

पर्यटन क्षेत्रमा भविष्य देखेर उत्साहित भएका रुपन्देहीका पर्यटन व्यवसायीहरू अहिले संकटमा छन् । भैरहवामा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लगानी गर्दै आएका होटेल व्यवसायीहरू अहिले घरभाडा र बैंकको किस्ता तिर्न...

लुम्बिनी प्रदेश : सचिवालयका कर्मचारीलाई घरभाडा दिँदा बढ्यो आर्थिक भार

बुटवल – लुम्बिनी प्रदेश सरकारले सचिवालयका कर्मचारीलाई घरभाडा उपलव्ध गराउने निर्णय गरेपछि प्रदेश सरकारलाई ठूलो आर्थिक व्ययभार थपिने भएको छ। रुपन्देहीको बुटवलबाट राजधानी रहेको दाङको देउखुरी जाने कर्मचारीलाई प्रदेश सरकारले घरभाडा उपलब्ध गराउने निर्णय गरेपछि सरकारको व्ययभार बढ्ने भएको हो। कर्मचारीलाई प्रोत्साहन भत्ताका नाममा घरभाडाबापत रकम उपलव्ध गराउने निर्णय केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद बैठकले […]

अब सांसदसँगै कर्मचारीलाई पनि घरभाडा

कर्मचारीलाई स्थायी राजधानीमा टिकाउन लुम्बिनी प्रदेश सरकारले घरभाडा तिरिदिने योजना बनाएको छ । कर्मचारीले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा जान अनिच्छा देखाइरहेका बेला प्रदेश सरकारले घरभाडा तिरिदिने लोभ देखाएको हो । प्रदेश सरकारले प्रोत्साहन भत्ताको नाममा घरभाडा तिरिने योजना ल्याएको हो । प्रदेशको अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी दाङमा सामान सार्दा कर्मचारीले अवरोध पुर्‍याएपछि प्रदेश सरकारले अवरोध मत्थर पार्न यस्तो रणनीति अपनाएको हो ।शैक्षिक सत्रको&

घरभाडा दिएर कर्मचारी फकाउने तयारीमा लुम्बिनी प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले आफ्ना कर्मचारीलाई घरभाडा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । प्रदेशको अस्थायी मुकाम बुटवलबाट स्थायी मुकाम दाङ सार्दा आन्दोनल समेत गर्न तयार भएका कर्मचारीलाई खुसी पार्न उनीहरुलाई घर भाडा उपलब्ध गराउने तयारी गरिएको हो ।प्रदेश सरकारले प्रोत्साहन भत्ताको नाममा घरभाडा उपलब्ध गराउने योजना बनाएको छ । सरकारले कर्मचारीको सुविधाका लागि घरबहाल बापत थप रकम उपलब्ध गराउने तयारी गरेको हो । मन्त्रालयहरु दाङ सरेपछि कतिपय कर्मचारीहरु बिदा बस्ने र तत्काल काममा नफर्कने संकेत पाएपछि

पहिरो र नदी कटानबाट विस्थापितको घरभाडा बुटवल उपमहानगरले तिरिदिने

६ असोज, बुटवल । पहिरो र नदी कटानका कारण विस्थापित हुन पुगेका अति विपन्न परिवारलाई बुटवल उपमहानगरपालिकाले तत्कालका लागि घरभाडा तिरिदिने निर्णय गरेको छ । बुटवल–३ ज्योतिनगर क्षेत्रमा पहिरोबाट र वडा नम्बर ११ बुद्धनगरमा नदी कटानबाट विस्थापित भएका परिवारलाई वडा कार्यालयको सिफारिसका आधारमा घर भाडा रकम दिने निर्णय भएको हो । हालैको अविरल वर्षापछि आएको […]

प्रदेश १ : राजधानीमै घर भएर पनि घरभाडा बापतको रकम बुझ्छन् यी सांसद

जनता समाजवादी पार्टीको संसदीय दलका नेता जयराम यादवको विराटनगरमा पक्की घर छ । यादव  मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित हुन् । यादवले प्रदेशसभाबाट मासिक घर भाडाबापतको रकम बुझिरहेका छन् ।प्रदेशसभा सचिवालयले विराटनगर बाहिरका सांसदलाई घरभाडा बापत मासिक १९ हजारका दरले रकम उपलब्ध गराउँदै आएको छ । तर प्रदेशको राजधानीसमेत रहेको विराटनगरमै घर भए यादवले घरभाडा बापत ४ वर्षमा ७ लाख २२ हजार ८९६ रुपैयाँ बुझेका छन् ।प्रदेशसभा सचिवालयका अनुसार विराटनगरमा घर भएर पनि घर भाडाबापतको सुविधा बुझ्ने य

सुउवा संघद्वारा घरभाडा छूट गर्न आग्रह

साउन १२, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले आफ्ना सदस्यलाई घरभाडा छूट गर्न आग्रह गरेको छ ।  संघका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा सोमवार वीरेन्द्रनगरमा बसेको कार्य समितिको २९ औं बैठकले कोरोनाको महामारी र बन्दाबन्दीले आर्थिक क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै आफ्नो इच्छा र गच्छे अनुसारको छूट दिन आग्रह गरेको हो । बैठकले आफ्नो घर जग्गा वहालमा बस्ने उद्योगी, व्यापारी, व्यवसायीलाई इच्छा र गच्छे अनुसारको छूट दिन आग्रह गरेको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।  ‘कोरोना महामारीले उत्पन्न संकटबाट निजी क्षेत्रका उद्योग, व्यापार, व्यवसाय चौपट नै पारेको छ,’ उनले भने, ‘हामी संघका सदस्यलाई मात्र होइन, आम जनसमुदायलाई आ–आफ्नो घर जग्गा वहालमा बस्ने उद्योगी, व्यापारी, व्यवसायीलाई इच्छा र गच्छे अनुसार छुट गर्न आग्रह गर्दछौं ।’ उनले बैठकमा घरभाडा छूट गर्न सार्वजनिक रुपमै अपिल गर्ने निर्णय गरिएको बताए ।  ‘लामो समयको महामारी र बन्दाबन्दीका कारण उद्योगी व्यापारी आक्रान्त छन्,’ उनले भने, ‘अहिले केहि खुकुलो भएपनि अपेक्षित रुपले व्यापार व्यवसाय सञ्चालन नभएको हुँदा यस्तो आग्रह गरिएको हो ।’  उनका अनुसार बैठकले संघको सदस्यता नविकरणका लागि असोज मसान्तसम्म छूट र संघको भवनमा कोठा भाडामा लिएर पसल सञ्चालन गर्नेलाई एक महीना घरभाडा छूट दिने निर्णय गरेको छ ।  संघले कोरोनाको प्रकोपका कारण स्थगित हुँदै आएको संघको ३६ औं र ३७ औं वार्षिक साधारणसभा आगामी असोज २ गते गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए ।

राजधानीमै घर भएका सांसदले बुझ्छन् घरभाडा, अझै फिर्ता भएन दशैंभत्ता !

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी तथा कैलालीभित्रै घर भएका केही सांसदले अझै पनि घरभाडा लिइरहेको पाइएको छ । यसरी राजधानीमै घर भएर पनि घरभाडा लिने सांसदहरूमा कैलाली क्षेत्र नं ३ बाट निर्वाचित नेकपाका सांसद वीरमान चौधरी, क्षेत्र नं ५ को ‘क’ बाट निर्वाचित नेकपा सांसद नेपालु चौधरी, नेकपाकै समानुपातिक सांसद हरू सुशीला बुढाथोकी, चुनकुमार चौधरी, राजपाकी समानुपातिक सांसद मालामती राना, डोटीबाट निर्वाचित कांग्रेस सांसद भरतबहादुर खड्काले अझै पनि घर भाडाबापतको रकम बुझिरहेका छन् ।  कैलालीमा आफ्नो...

दृष्टिविहिन नन्दा सिंहले चलाएको अनाथालयको एक वर्षको घरभाडा दीपक–दीपाले तिरिदिए

कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले नन्दा सिंहले चलाएको अनाथालयको एक वर्षको घरभाडा तिरिदिएका छन्।