सरकारले अबको केही बेरमा ल्याउन लागेको देशको वर्तमान आर्थिक अवस्थाको यथार्थ जानकारी समेटिएको श्वेतपत्रले ओली सरकारको स्वेच्छाचारी गतिविधिका कारण अर्थतन्त्र झनै धराशायी भएको देखाएको छ । केपी ओली नेतृत्वको सरकारका पालामा देशको आर्थिक अवस्था झन् नकारात्मक रहेको श्वेतपत्रमा उल्लेख भएको स्रोतले बताएको छ । केपी ओली सरकारकै गठबन्धनमा अटाएको माओवादी अहिले काँग्रेस नेतृत्वको सरकारमा पनि छ । अर्थतन्त्रको चाबी अहिले उसैको हातमा छ । व्यापार घाटाको चापले शोधानान्तर १५ अर्बले ऋणात्