काठमाडौं : पूर्वअर्थमन्त्री बिष्णु पौडेलले जनार्दन शर्माले संसदमा पेश गरेको श्वेतपत्र तथ्यहीन, आलोचना र विराेध केन्द्रित आरोपपत्र भएको टिप्पणी गरेको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा पूर्वअर्थमन्त्री पौडेलले श्वेतपत्र अघिल्लो सरकारको आलोचनाको रुपमा आएकोले यसमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको आरोप लगाए।उनले अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्वपूर्ण अवधि भएको बताए।उनले २०७६/०७७ को समय विश्व अर्थतन्त्र साढे तीन