आजभन्दा ४० महिनाअघि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाए । मन्त्री खतिवडाले श्वेतपत्र जारी गर्दै मुलुकको अर्थतन्त्र टाट पल्टिएको विश्लेषण गरे । अर्थात्, पूर्ववर्ती देउवा सरकारले देशको अर्थतन्त्र टाट पल्टाएर सिंहदरबारको साँचो जिम्मा लगाएको ओली सरकारको विश्लेषण थियो ।त्यस्तो श्वेतपत्र निकालेकोमा आर्थिक क्षेत्रबाट तत्कालीन अर्थमन्त्री डा. खतिवडाको चर्को विरोधसमेत भएको थियो । इतिहासको चक्र अहिले फेरि एक फन्को घुमेको छ । केपी ओलीलाई सर्वोच्च अदालतले अप