मुख्यमन्त्री राईको सम्पर्क कार्यालयमाथि महालेखाले उठायो प्रश्न

५ भदौ, विराटनगर । प्रदेश १ सरकारले महँगो भाडा तिरेर काठमाडौंमा स्थापना गरेको सम्पर्क कार्यालयको औचित्यमाथि महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । प्रदेश १ सरकारले काठमाडौँ महाराजगञ्जमा शर्मिला पाण्डेको घर भाडामा लिएर सम्पर्क कार्यालय स्थापना गरेका छन् । ५८औं वार्षिक प्रतिवेदनमा महालेखाले कानूनी व्यवस्था र नीतिगत निर्णयविना काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरी खर्च गर्नु औचित्यपूर्ण […]

सम्बन्धित सामग्री

शेरधनले काठमाडौंमा खोलेको मुख्यमन्त्रीको सम्पर्क कार्यालय बन्द

२९ मंसिर, विराटनगर । प्रदेश १ सरकारले तत्कालिन मुख्यमन्त्री शेरधन राईले काठमाडौंमा स्थापना गरेको सम्पर्क कार्यालय बन्द भएको छ । प्रदेश १ का पहिलो मुख्यमन्त्री राईले काठमाडौँको महाराजगञ्जमा सम्पर्क कार्यालय खोलेका थिए । सरकार परिवर्तन भएर राजेन्द्र राई मुख्यमन्त्री भएपछि सो कार्यालय बन्द गरिएको हो । मुख्यमन्त्री राईले भने, ‘मासिक करिब ४ लाख रुपैयाँ नै […]

भालुबाङमा खुल्यो मुख्यमन्त्रीको सम्पर्क कार्यालय

२ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा मुुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । प्रदेशको स्थायी राजधानी टुंगो लागेको एक वर्षपछि भालुबाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको हो । कार्यालयको मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार उद्घाटन गरे । सम्पर्क कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसी रुपन्देहीबाट हरेक हप्ताको शुक्रबार जाने छन् भने मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार […]

डोरमणिले खोले निवर्तमान मुख्यमन्त्रीको नाममा सम्पर्क कार्यालय

हेटौंडा : बागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा उपमहानगरपालिका–४ मा सम्पर्क कार्यालय तथा सचिवालय कार्यालय सञ्चालन गरेका छन्। शुक्रबारदेखि सञ्चालनमा आएको कार्यालय जनतालाई सहज रुपमा भेट्न र जनतालाई परेको समस्याप्रति उत्तरदायी बन्न सम्पर्क कार्यलय स्थापना गरेको उनले बताएका छन्।कार्यालयको नाम ‘बागमती प्रदेशका निवर्तमान माननीय मुख्यमन्त्री डोरमणी पौडेलको सम्पर्क कार्यालय तथा सचिवालय’ राखिएको छ। मुख्यमन्त्री पदबाट बाहिरिएको एक महिना भइसक्दा पनि सोही पदलाई लिएर

दाङमा लुम्बिनी प्रदेश सरकारकाे सम्पर्क कार्यालय खुल्ने

बुटवल – लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङमा सम्पर्क कार्यालय खोल्ने भएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको हो। कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा सहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए। बैठकले पदक सिफारिस समितिले गरेको […]

भालुवाङमा सम्पर्क कार्यालय खोल्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङमा सम्पर्क कार्यालय खोल्ने भएको छ। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने र कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न  पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए। बैठकले पदक सिफारिश समितिले गरेको सिफारिसअनुसार ५७ जनालाई प्रदेश पदक प्रदान गर्ने निर्णय गरेको छ । असोज ३ गते संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५७...

प्रदेश १ को मुख्यमन्त्री सम्पर्क कार्यालय काम बिहिन

साउन ६, धनकुटा । धनकुटा सहित कोशी पहाडका धनकुटा, भोजपुर, संखुवासभा, र तेह्रथुम गरि चार जिल्लालाई प्रदेश सरकारले सेवा दिने उदेश्यले धनकुटामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालय स्थापना भएको २ वर्ष बढी भएको छ ।  तर आन्तरिक व्यवस्थापन र पूर्वाधार अभावमा कार्यलयले प्रभावकारी रुपमा सेवा दिन सकेको छैन । प्रदेश १ को राजधानीको माग राख्दै धनकुटामा चलिरहेको आन्दोलन मथ्थर पार्न प्रदेश सरकारले २०७६ वैशाखमा धनकुटामा मुख्यमन्त्री तथा मन्त्री परिषदको सम्पर्क कार्यालय स्थापना गरेको थियो ।  कार्यालयको उद्धाटन गर्दै मुख्यमन्त्री शेरधन राईले संघियताको मर्म भनेको शक्ति विकेन्द्रिकरण रहेको हुनाले धनकुटामा सम्पर्क कार्यालय खोलेको बताएका थिए । उनले आवश्यक पूर्वाधार र कर्मचारीको व्यवस्था गरेर धनकुटा सहित भोजपुर संखुवासभा र तेह्रथुम जिल्लालाई प्रदेश सरकारले यही कार्यालयबाट सेवा उपलब्ध गराउने बताउँदै मन्त्रीपरिषदको बैठक यही कार्यालयमा बसेर महत्वपूर्ण निर्णय गर्ने बताएका थिए । सम्पर्क कार्यलय स्थापना भएको २ वर्षमा मन्त्रीपरिषदको बैठक बस्नु त परको कुरा स्वयम मुख्यमन्त्री हालसम्म २ पटक मात्रै सम्पर्क कार्यालय पुगेका छन् । कार्यालयमा नायव सुब्बा र कार्यालय सहयोगी गरेर दुई जना मात्रै कर्मचारी रहेका छन् । कार्यालय स्थापना भएपछि स्वास्थ्य निर्देशनालय धनकुटामा कार्यरत अधिकृत लोकेन्द्र फागोलाई थप जिम्मेवारी भन्दै कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको थियो ।  फागोलाई मुख्यमन्त्रीको सम्पर्क कार्यालय र स्वास्थ्य निर्देशनालयको दोहोरो जिम्मेवारी दिइएको थियो । सोहीअनुसार उनले मुख्यमन्त्रीको सम्पर्क कार्यालय र स्वास्थ्य निर्देशनालयमा समय दिँदै आएका थिए । तर, फागोको गत वैशाखमा सरुवा भएपछि कार्यालय प्रमुख बिहिन बनेको छ । प्रदेशको राजधानी विराटनगरबाट करीब ९० किलोमिटर दूरीमा रहेको धनकुटास्थित सम्पर्क कार्यालयमा हाल कार्यालय प्रमुख समेत छैनन् भने जम्मा दुई जना कर्मचारी मात्र छन् । कार्यालय स्थापना भएपनि सेवा प्रवाह नहुदा स्थानीयले कार्यालय भएको कुनै अनुभव गर्न नपाएको गुनासो गर्दै आएका छन। प्रदेश सरकारले सबै सेवा धनकुटाबाट उपलब्ध गराउनु पर्ने स्थानिय दिनेश राईको भनाइ छ । प्रदेश सरकारले साविक क्षेत्रिय सदरमुकाम रहेको धनकुटालाई निशेध गरेको राईले बताए । ‘धनकुटाको ऐतिहासिकतालाई प्रदेश सरकारले स्वीकार्न नसकेर सुरुमा ल्याएका योजना समेत कटौती गरेको छ’, उनले भने ‘धनकुटालाई फकाउन शिक्षण अस्पताल र सम्पर्क राजधानी तोकिए तर, शिक्षण अस्पताल यो पटकबाट हराइसक्यो अब सम्पर्क राजधानी कहिले हराउने थाहा छैन ।’ कार्यालयले के काम गर्ने भनेर कुनै अधिकार नदिएकाले प्रदेश सरकारका लागि आएका निवेदन मुख्य कार्यालयमा पठाउने काम मात्र भएको कार्यालयका नायब सुब्बा केशव कोइराला बताए । उनले धनकुटामा सम्पर्क कार्यालय खोलेपछि मुख्यमन्त्री राई दुईपटक कार्यालय आएको आफूलाई जानकारी रहेको बताउँदै प्रदेश सरकारका प्रमुख सचिव, सचिव पनि निकै पातलो रुपमा कार्यालयमा आउने गरेको बताए । ‘मुख्यमन्त्रीको सम्पर्क कार्यालय भएकै कारणले होला, प्रदेश सरकारका मन्त्रीहरूको आवागमनसमेत हुने गरेको छैन,’ कोइरालाले भने । उनका अनुसार विगत तीन महीनादेखि कार्यालय नै प्रमुखविहीन अवस्थामा छ ।  कुल पाँच जनाको अस्थायी दरबन्दी रहेको सम्पर्क कार्यालयमा हाल नासु कोइराला र एक कार्यालय सहयोगी गरी दुईजना कर्मचारीमात्र कार्यरत छन् । मुख्यमन्त्रीको सम्पर्क कार्यालयको सुरक्षार्थ नेपाल प्रहरीका पाँचजना प्रहरीले पहरा दिँदै आएका छन् । मुख्यमन्त्रीको सम्पर्क कार्यालय बनाए पनि त्यसबाट धनकुटा सहित कोशी पहाडी बासिन्दाले कुनै उपलब्धी पाउन नसकेको धनकुटाकै सत्तापक्षका प्रदेशसभा सदस्य इन्द्रमणी पराजुलीले बताए । ‘धनकुटालाई सम्पर्क राजधानी भनेर मुख्यमन्त्रीको कार्यालय खोलियो,’ उनले भने, ‘हामी धनकुटेली जनता त्यो बेला उत्साहित भएका थियौं तर बिडम्बना, सम्पर्क कार्यालय कार्यकारी होइन रहेछ ।’ मुख्यमन्त्री नै सम्पर्क कार्यालय जान समय निकाल्न नसक्ने हो भने सो कार्यालयको के औचित्य रह्यो भन्ने उनको प्रश्न छ ।  आफूहरुले मुख्यमन्त्रीसँग यस विषयमा कुरा गरेको र मुख्यमन्त्री राईले भने सम्पर्क कार्यालय खोलिएपछिका दिनमा कोरोना कहर बढेकाले धनकुटा जान नपाएको जिकिर बताएको जानकारी दिए । ‘मुख्यमन्त्री राईले जुन उद्देश्यका लागि कार्यालय खोलेको हो, त्यो उद्देश्य पूरा पर्न सरकार प्रतिबद्ध रहको बताउनु भएको छ ।’ पराजुलीले भने ‘उहाँले आफ्नो रहरले नभइ काम गर्न कार्यालय स्थापना गरेको बताउनु भएको छ ।’ नेकपा माओवादी केन्द्रकी धनकुटाकी प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठले पनि मुख्यमन्त्रीको बोली र व्यवहारमा फरक देखिएको बताइन् । उनले धनकुटालाई राजधानी बनाउनुपर्ने माग उठेपछि धनकुटामा ५०० शैयाको शिक्षण अस्पताल र सम्पर्क राजधानी बनाउने निर्णय प्रदेश सरकारले गरेको स्मरण गराइन् । उनले धनकुटामा राजधानी बनाउन नसक्ने अवस्था आएपछि मुख्यमन्त्रीले सम्पर्क कार्यालय कामकाजी बनाउने र शिक्षण अस्पताल निर्माणको काम गरिने भनेको भएपनि तुहाउने काम गरेको बताइन् । ‘धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोल्ने काम मात्र भएको छ,’ प्रदेशसभा सदस्य श्रेष्ठ भन्छिन, ‘मुख्यमन्त्री पनि २ पटक कार्यालय पुग्नु भएको छ, मुख्यमन्त्रीलाई कार्यालय कस्तो छ जानकारी त्यसकारण उहाँले समय दिनै नभ्याउने कार्यालयको औचित्य छैन ।’ सुविधा सम्पन्न सरकारी भवनलाई बेवारिसे बनाउने काम मुख्यमन्त्रीबाट हुनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । उनले मासिक साढे ३ लाख भाडा तिरेर काठमाडांैमा सम्पर्क कार्यालय खोलिनु तर, सरकारी भवनमा धनकुटामा रहेको सम्पर्क कार्यालयमा मुख्यमन्त्री नजानु दुर्भाग्यपूर्ण रहेको बताइन् । देशमा संघीयता आउनुअघि तत्कालिन पूर्वाञ्चल क्षेत्रिय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्री परिषदको सम्पर्क कार्यालय स्थापना गरिएको थियो ।

'झुक्याउन' खोलिएको मन्त्रिपरिषद् सम्पर्क कार्यालय नासुको भरमा

धनकुटा : धनकुटासहित कोसी पहाडका धनकुटा, भोजपुर संखुवासभा, र तेह्रथुम गरी चार जिल्लालाई प्रदेश सरकारले सेवा दिने उद्देश्यले धनकुटामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद सम्पर्क कार्यालय स्थापना भएको २ वर्ष बढी भएको छ।तर आन्तरिक व्यवस्थापन र पूर्वाधार अभावमा कार्यालयले प्रभावकारी रुपमा सेवा दिन सकेको छैन। प्रदेश १ को राजधानीको माग राख्दै धनकुटामा चलिरहेको आन्दोलन मत्थर पार्न प्रदेश सरकारले २०७६ वैशाखमा धनकुटामा यो कार्यालय स्थापना गरेको थियो।कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले संघी

मुख्यमन्त्रीले बिर्सिए धनकुटाको सम्पर्क कार्यालय

विराटनगर । प्रदेश १ सरकारले दुई वर्षअघि पहाडी जिल्ला धनकुटालाई सम्पर्क राजधानी तोक्दै मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोले पनि उक्त कार्यालयको उपयोगिता अहिलेसम्म देखिएको छैन ।मुख्यमन्त्री शेरधन राई दुई वर्षयता दुई पटकमात्र सम्पर्क कार्यालयमा पुगेका छन् । प्रदेश सरकारका प्रमुख सचिव र सचिवहरु पनि पातलो रुपमा सम्पर्क कार्यालयमा पुग्ने गरेका छन् ।तत्कालीन समयमा सम्पर्क कार्यालय उद्घाटन गदै मुख्यमन्त्री राईले धनकुटालाई सहायक राजधानीको रुपमा विकास गर्ने बताएका थिए । उनले सम्पर्क कार्यालयलाई स्रोत सम्प