प्रदेशको राजधानी माग्दै धनकुटावासीले आन्दोलन गरेपछि मुख्यमन्त्री शेरधन राईले ललिपप देखाए– मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने भनेर ।
भूगोलका आधारमा पनि प्रदेशको राजधानी धनकुटा राख्नु उपयुक्त हुने स्थानीय जनताको मागलाई सम्मान गर्दै मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने बताइयो ।
सम्पर्क कार्यालय खोल्नेसम्बन्धी निर्णय २०७६ वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समेत गरेको थियो । तर उक्त कार्यालय अहिले लगभग कामविहीन छ ।
आफैंले खोलेको सम्पर्क कार्यालयमा मुख्यमन्त्री राई दुईपटक मात्रै पुगेका छन् । कार्यालय खुल...