प्रधानमन्त्रीलाई चिरिबाबुको पत्र-फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट स्थापना गरौं

७ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै फोहोर व्यवस्थापनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न सहयोग माग गरेका छन् । १ नोभेम्बरदेखि ११ नोभेम्बरसम्म भारतका ५ वटा शहर नयाँ दिल्ली,अहमदाबाद, इन्दौर, पुने र गोरखपुरको फोहोर व्यवस्थापन हेरेर आएका मेयर महजर्नले प्रधानमन्त्रीलाई पत्र लेख्दै यस्तो माग गरेका हुन् । […]

सम्बन्धित सामग्री

प्रदेशिक अस्पताल मलङ्गवामा अक्सिजन प्लान्ट सञ्चालन

मलङ्गवा, ७ फागुन: प्रदेशिक अस्पताल मलङ्गवा सर्लाहीमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महसुस गरी गत असारको अन्तिममा सो प्लान्ट मधेश प्रदेश सरकारको सहयोगमा मलङ्गवा अस्पतालमा स्थापना गरिए पनि लामो समयदेखि सञ्चालनमा आएको थिएन । प्लान्टको लागि आवश्यक भौतिक संरचना निर्माण, पाइपलाइन जडान र विद्युत्लगायतको व्यवस्थापनका कारण […]

कर्णाली प्रदेश सरकारद्वारा कोरोना व्यवस्थापनका लागि साढे ५३ करोड विनियोजन

असार ५, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साढे ५३ करोड बढी रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आर्थिक वर्ष २०७७/०७८ को बजेट स्वास्थ्य शिक्षा, उत्पादन र पूर्वाधारमा केन्द्रित रहेको बताए । उनले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराईने जनाए ।  ‘हामीले राकम कर्णालीमा ट्रमा सेन्टर स्थापनादेखि प्रदेश राजधानी सुर्खेतमा उच्च क्षमताको अक्सिजन प्लान्टसँगै अन्य जिल्लामा मिनी अक्सिजन प्लान्ट स्थापना गरिँदैछ,’ उनले भने, ‘कोराना महामारी नियन्त्रणमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई तलबको शतप्रतिशत जोखिम भत्ता, सबै नागरिकलाई कोरानाविरुद्धको खोप लगाउने लगायतका योजनाहरु बजेटमा समावेश छन् ।’  उनले प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबईमा सेन्सरसहितको हेल्थडेस्क राखिने जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको तुलनामा करिब ३ अर्ब बढीको बजेट प्रदेश सरकारले ल्याएको छ । उनले कोभिड–१९ लगायत महामारीबाट कर्णालीलाई सुरक्षित राख्न अत्यावश्यक औषधी, स्वास्थ्य सामग्री एवम् उपकरणको उपलब्धता, अत्यावश्यक खाद्यान्नको भण्डारण, खाद्य सुरक्षा, रोजगारी सिर्जनालाई बजेटको प्राथमिकतामा दिएको बताए । उनका अनुसार बजेटमा प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा, प्रत्येक सामुदायिक विद्यालयमा नर्सिङ सेवा, एक स्थानीय तह एक नमूना विद्यालय, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना, बैंक, खाता छोरीको सुरक्षा जीवन भरीको, प्रत्येक घरमा स्वरोजगार बनाउन अनुदान, ३०० कृषि प्राविधिकलाई स्वरोजगार, उत्कष्ट किसानलाई सुनको हलो अंकित तक्माले सम्मान गर्ने कार्यक्रमहरु समावेश गरिएका छन् ।  प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ । पूँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालूतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तियतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजना गरेको उनले जानकारी दिए ।

कोभिड अस्पताल बनायौं, अक्सिजन प्लान्ट स्थापना गर्दैछौं : मेयर सुवेदी

राजधानीको नगरपालिका भएका कारणले हामीले छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौं । नगर कोडिभ नियन्त्रण व्यवस्थापन समितिमार्फत निःशुल्क एम्बुलेन्स, विरामीलाई खाना, औषधिको व्यवस्थापनका साथै कोरोना संक्रमण भएर मृत्यु भएकाहरुको व्यवस्थापनको काम पनि हामीले गरिरहेका छौं ।

कोभिड अस्पताल बनायौं, अक्सिजन प्लान्ट स्थापना गर्दैछौं : मेयर सुवेदी

राजधानीको नगरपालिका भएका कारणले हामीले छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौं । नगर कोडिभ नियन्त्रण व्यवस्थापन समितिमार्फत निःशुल्क एम्बुलेन्स, विरामीलाई खाना, औषधिको व्यवस्थापनका साथै कोरोना संक्रमण भएर मृत्यु भएकाहरुको व्यवस्थापनको काम पनि हामीले गरिरहेका छौं ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ निर्माण समिति गठन

काठमाडौं । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्ट स्थापना गर्न समिति गठन गरिएको छ । कोभिडसँगै अन्य धेरै प्रकारका बिरामीलाई दीर्घकालसम्म पनि अक्सिजनको आवश्यकता पर्ने भएकाले यसको दिगो व्यवस्थापनका लागि अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । यसको लागि बतास फाउन्डेसनले अभियान नै सञ्चालन गरेको छ...

अक्सिजन प्लान्ट र कोरोना अस्पताल व्यवस्थापनका लागि आर्थिक सहयोग

दाङ : तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट तथा कोरोना मेट्रो हस्पिटलको व्यवस्थापनका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन्। आइतबार तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा उपमहानगरलाई  साढे तीन लाख रुपैयाँ सहयोग गरिएको छ। संघका महासचिव बिनिल केसीले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई ३ लाख ५४ हजार ६६० रुपैयाँ हस्तान्त्ररण  गरेका छन्।कोभिड विपद् कोषको सहजकर्ता बिमल रिजालको पहलमा उक्त रकम सकंलन भएको हो। वाणिज्य सघंले १ ला

अक्सिजन प्लान्ट स्थापना गर्न देउवापत्नीले गरिन् १० लाख सहयोग

नेपाली काँग्रेसकी नेत्री तथा सभापति शेरबहादुर देउवा पत्नी  डा आरजु देउवाले धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषका लागि रु १० लाख आर्थिक सहयोग गरेकी छन् ।  अक्सिजन प्लान्ट स्थापना र सिलिण्डरका लागि स्थापित कोषमा  देउवाले उक्त रकम सहयोग गरेकी हुन् ।  गत वैशाख ३० गते नगर प्रमुख तथा नगरस्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडका अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि कोष स्थापना गरेको थियो ।

अक्सिजन प्लान्ट स्थापना र पीसीआर मेशिन व्यवस्थापन गर्न कार्यदल

खोटाङ । खोटाङमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्ट तथा पीसीआर मेशिन खरीद एवं व्यवस्थापनका लागि कार्यदल गठन गरिएको छ । जिल्लामै अक्सिजन प्लान्ट तथा पीसीआर ल्याब स्थापना गर्न आवश्यक बजेट तथा जनशक्ति व्यवस्था गर्न जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकको संयोजकत्वमा चारसदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा जिल्ला समन्वय समितिले तोकेको एक, जिल्ला प्रशासन कार्यालयले तोकेको एक र स्वास्थ्य कार्यालयका प्रमुख सदस्य रहने कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले बताएको छ । जिल्लामै अक्सिजन उत्पादन गर्दैै अक्सिजनको अभाव पूर्ति गर्न अक्सिजन प्लान्ट तथा कोभिड परीक्षण गर्न जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य गर्न पीसीआर मेशिन खरीद तथा व्यवस्थापन गर्न कार्यदल गठन गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको शुक्रवार साँझ बसेको बैठकले घरबाहिर निस्किएर समूहमा मनाइने चाडपर्व स्थगन गर्ने, त्यस्ता चाडबाडलाई औपचारिकताका लागि घरभित्र पनि सीमित संख्याको उपस्थितिमा मनाउन आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कोभिड–१९ बाट बच्न र बचाउने अभियानका लागि नेपाल सरकारले दिएको निर्देशन र सीसीएमसी÷डीसीसिएमसीले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ लागू गर्ने÷गराउने निर्णय गरिएको संयोजक चाम्लिङले जानकारी दिए । रासस

कैलालीमा कोरोना संक्रमितको जीवन रक्षा गर्न अभियान नै सुरु

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि अक्सिजन व्यवस्थापनलाई जोड दिइएको छ।प्रदेशमा स्थानीय तह र निजी क्षेत्रबाट अक्सिजन प्लान्ट जडान र अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि विभिन्न अभियान चलाइएको छ।प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट जडान, अक्सिजन सिलिण्डर व्यवस्थापनलगायत कोभिड–१९ को नियन्त्रणका लागि मेयर कल्याणकारी कोष नै स्थापना गरेको छ।कोभिड–१९ जोखिम नियन्त्रण, रोकथाम तथा उपचार व्यवस्थापनका लागि मेयर कल

सरकारको लगानीमा पाउडर दूध प्लान्ट निर्माण शुरु

वाग्मती प्रदेश राजधानी हेटौँडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट र सोको भवन निर्माण शुरु गरिएको छ ।प्रदेश सरकारको रु ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीमा पाउडर प्लान्ट र सोको व्यवस्थापनका लागि आवश्यक भवन निर्माण गर्न थालिएको हो । प्लान्टले वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउनका लागि सहज हुनेछ । उद्योग स्थापना भएर रोजगारी सिर्जना गरेसँगै किसानले धेरै गाई, भैँसीपालना गरेर रोजगारी पनि सिर्जना हुने निश्चित छ ।          सो प्लान्टबाट वाग्मती प्रदेशसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहट र वाग्मती प्रदेशको चितवन र मकवानपुरका करीब २२ हजार कृषक परिवारको दैनिक ६० हजार लिटर दूध खरीद गरी दैनिक पाँच मेट्रिकटन धुलो दूधको उत्पादन गरी प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ ।