काठमाडौं । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्ट स्थापना गर्न समिति गठन गरिएको छ ।
कोभिडसँगै अन्य धेरै प्रकारका बिरामीलाई दीर्घकालसम्म पनि अक्सिजनको आवश्यकता पर्ने भएकाले यसको दिगो व्यवस्थापनका लागि अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । यसको लागि बतास फाउन्डेसनले अभियान नै सञ्चालन गरेको छ...