अक्सिजन प्लान्ट र कोरोना अस्पताल व्यवस्थापनका लागि आर्थिक सहयोग

दाङ : तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट तथा कोरोना मेट्रो हस्पिटलको व्यवस्थापनका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन्। आइतबार तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा उपमहानगरलाई  साढे तीन लाख रुपैयाँ सहयोग गरिएको छ। संघका महासचिव बिनिल केसीले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई ३ लाख ५४ हजार ६६० रुपैयाँ हस्तान्त्ररण  गरेका छन्।कोभिड विपद् कोषको सहजकर्ता बिमल रिजालको पहलमा उक्त रकम सकंलन भएको हो। वाणिज्य सघंले १ ला

सम्बन्धित सामग्री

अक्सिजन प्लान्ट हस्तान्तरण

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ। अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो।

बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा

गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो। तीन महिना वित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ।

पाल्पामा अक्सिजन प्लान्ट सञ्चालनमा

भरत शर्मापाल्पा, भदौ १९ । सञ्चारमाध्यले बारम्बार समाचार प्रकाशन गर्न थालेपछि पाल्पा अस्पतालले अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । स्विकृती पाएको करीब साढे ३ महिनाको अवधीमा जिल्ला अस्पताल पाल्पाले अक्सिजन प्लान्ट निर्माण गरी संचालनमा ल्याएको हो । संघीय सरकार अर्थ मन्त्रालयले गत जेठ ४ गते नै अक्सिजन प्लान्ट सञ्चालनका लागि १ करोड ५० लाख बजेट […]

सोनु सुदले देशभर अक्सिजन प्लान्ट लगाउँदै

एजेन्सी। भारतीय अभिनेता सोनु सुदले आज एक अस्पतालमा अक्सिजन प्लान्ट स्थापन गरेका छन्। उनले केही हप्ताअघि देशका विभिन्न ठाउँमा अक्सिजन प्लान्ट स्थापना गर्ने बाचा गरेका थिए। त्यसैअनुरुप उनले आज नेल्लोर सरकारी अस्पतालमा पहिलो अक्सिजन प्लान्ट स्थापना गरेका छन्। यसैगरी उनले थप १६ वटा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको भारतीय मिडियाले बताएका छन्।

वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने

वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नगरपालिकाको कटकुवा स्वास्थ्य संस्थाको प्राङ्गणमा रिफिलिङ्ग सहितको अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । कर्णाली प्रदेश सरकारको गत जेठ २० गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाबीच अक्सिजन प्लान्ट स्थापनाका लागि आज सम्झौता भएको छ ।मन्त्रालयका तर्फबाट सचिव कृष्णप्रसाद काप्री र नगरपालिकाका तर्फबाट नगरप्रमुख देवकुमार सुवेदीले हस्ताक्षर गर्दै अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको हो ।

लमजुङमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अस्पतालमा श्निबार साँझ अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार प्लान्टले ‘२४ घन्टामा १५ थान ठूलो सिलिन्डरबराबरको अक्सिजन...

अक्सिजन प्लान्ट बनाउँदै वेलका नगरपालिका

उदयपुर। अक्सिजनको अभाव भइरहेको समयमा उदयपुरको वेलका नगरपालिकाले आफैं वडा नं. १ को नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी गरेको मेयर दुर्गाकुमार थापाले बताए। अक्सिजन प्लान्ट बनाउन नगरपालिकाले २० लाख रुपैँया वेलका शाखामा रहेको कुमारी बैंकको ‘अक्सिजन प्लान्ट निर्माण समिति’ नामको खातामा जम्मा भएको उनले बताए।

अक्सिजन प्लान्ट बनाउँदै वेलका नगरपालिका

उदयपुर। अक्सिजनको अभाव भइरहेको समयमा उदयपुरको वेलका नगरपालिकाले आफैं वडा नं. १ को नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने तयारी गरेको मेयर दुर्गाकुमार थापाले बताए। अक्सिजन प्लान्ट बनाउन नगरपालिकाले २० लाख रुपैँया वेलका शाखामा रहेको कुमारी बैंकको ‘अक्सिजन प्लान्ट निर्माण समिति’ नामको खातामा जम्मा भएको उनले बताए।

अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने

अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु हुने भएको छ । तत्काल नैजिल्ला अस्पताल अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु हुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए । आर्थिक अभावका कारण अस्तव्यस्त रहेको अर्घाखाँची अस्पतालमा सुधारको प्रयास भइरहेको छ ।अर्घाखाँचीमा अक्सिजन प्लान्ट निमार्णको निम्ति धेरै संघ–संस्थाहरू तयार छन् । जिल्ला अस्पतालका लागि संघीय […]

नारायणी अस्पतालमा छैन अक्सिजन प्लान्ट

पर्सा । नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ । नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुनसक्ने भएकाले यहाँ अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताए । पर्सा क्षेत्र नम्बर–२ का सांसद बिमल श्रीवास्तवले आफ्नो संसदीय विकास कोषबाट अक्सिजन प्लान्ट राख