युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छ : मन्त्री गहतराज

काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा तथा खेलकुद मन्त्रालयलाई दुई मन्त्रालयमा विभाजन गर्न आवश्यक रहेको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक…

सम्बन्धित सामग्री

युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छ : मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आगामी निर्वाचनमा युवाहरुलाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  मन्त्री गहतराजले युवा र स्वरोजगारका मुद्दालाई अघि बढाउने पार्टीहरुले...

युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छ : मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आगामी निर्वाचनमा युवाहरुलाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री गहतराजले युवा र स्वरोजगारका मुद्दालाई अघि बढाउने पार्टीहरुले नै आगामी देशको बागडोर सम्हाल्नुपर्ने बताए । उनले देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुराले अहिले विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्ने बताए

युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छः मन्त्री गहतराज

मन्त्री गहतराजले प्राकृतिक श्रोत र साधनलाई सही ढंगले सदुपयोग गर्ने नयाँ सोच ल्याउनुपर्ने आवश्यक्ता रहेको बताए। उनले एकद्वार प्रणालीबाट युवाहरुलाई तालिम दिने हो भने करिव ७० अर्ब रुपैयाँ रकम केन्द्रित गर्नसक्ने आधार सरकारसँग रहेको बताए।...

कसले तिरिदिन्छ धुर्मुस–सुन्तलीलाई रंगाशाला बनाउँदा लागेको १७ करोड ऋण ?

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको कामबाट कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सोमबारबाट औपचारिक रुपमा हात झिके । उनीहरुले चलाएको धुर्मुस–सुन्तली फाउण्डेशनले २०७५ साल माघ १६ गते रंगाशाला निर्माणको घोषणा गरेका थिए । चन्दा उठाएर ३ अर्बको ‘प्रोजेक्ट’ बनाउने महत्वकांक्षाले अन्ततः धुर्मुस र सुन्तली डुबे । आर्थिक रुपमा आफूहरु ऋणमा डुबेको बताईरहेका उनीहरुले अहिले आलोचना पनि खेप्नुपरेको छ । एकातिर १७ करोड ऋणको बोझ र अर्कोतिर सामाजिक टिकाटिप्प्णी तथा आलोचनाले धुर्मुस र सुन्तलीलाई सकस पारेको छ ।ऋण तिर्न सरकार तयार !रंगाशालाको दायित्व कति बाँकी हो भन्ने हरहिसाब यकिन भएपछि बाँकी काम सरकारले नै अघि बढाउने भएको छ । हालसम्म लागेको ऋण कति हो भनेर जाँचबुझ र मूल्यांकन गरेर सरकारले नै तिरिदिने भएको हो । धुर्मुस–सुन्तली फाउण्डेसनको आग्रह पनि यही थियो । उनीहरुको आग्रह बमोजिम नै सरकारले स्वामित्व ग्रहण गर्न लागेको हो । कसरी तिर्छ सरकारले ?फाउण्डेसन र भरतपुर महानगरबीच छलफल हुने र उक्त छलफलबाट प्राप्त सुझावअनुसार निर्णय हुने युवा तथा खेलकुद मन्त्रालय बताउँछ ।भरतपुर महानगरकी मेयर रेणु दाहालका अनुसार फाउण्डेशनबाट महानगरलाई प्राप्त विवरणहरूको जाँचबुझ हुनेछ । जाँभबुझपछि रंगशालाको बाँकी काम र ऋणबारे महानगरले आवश्यक निर्णय गरेर खेलकुद मन्त्रालयमा प्रस्ताव पठाउने उनको भनाई छ । महानगरले पठाएको प्रस्ताव खेलकुद मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने छ । हालसम्म भएको खर्च एवम् आर्थिक पाटो र त्यसको प्राविधिक अध्ययन गरिनेछ । फाउण्डेसनले बुझाएका कागजात महानगरकको सघन शहरी तथा भवन निर्माण आयोजनामा छन् । ती कागजातको अध्ययन नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले गर्नेछ भने अध्ययनका आधारमा महानगरले निर्णय गर्छ ।त्यसपछि मात्रै कति ऋण बाँकी भन्ने यकिन हुने र अनि मात्रै सरकारले तिर्नेछ ।धुर्मुसका फरक फरक कुराभरतपुर महानगरपालिका धुर्मुस र सुन्तलीका फरक फरक धारणाले आजित बनेको छ । त्यही भएर पनि बजेटका लागि महानगरले खासै पहल नगरेको स्रोत बताउँछ । आफ्नै क्षेत्रमा अन्तराष्ट्रिय क्रिकेट रंगाशाला बन्नु गौरवको विषय भएपनि धुर्मुसलाई झट्ट विश्वास गर्ने ‘मुड’मा मेयर तथा अरु जनप्रतिनिधि नदेखिएको स्रोतको दाबी छ ।महानगरले विश्वास नगर्नुमा धुर्मुसकै बोली रहेको स्रोतले दाबी गरेको छ । ऋण लागेपछि काम रोकेका धुर्मुस सुन्तलीले साउन भदौ तिर युट्युबमा अन्तर्वार्ता दिँदै १५ करोड ऋण लागेको बताएका थिए । त्यतिबेला महानगरलाई पनि उनले १५ करोड ४५ लाख ऋण लागेको भन्दै सम्झौता अनुसार स्वामित्व लिन अनुरोध गरेका थिए । यो पनिःतीव्र महत्वकांक्षाले डुबेका ‘धुर्मुस–सुन्तली’ अब के गर्लान् ?तर, अहिले ऋण १७ करोड पुग्यो भनिरहेका छन् । महानगरका अधिकारी भने भदौदेखि कुनैपनि काम नभएको अवस्थामा एकाएक २ करोड ऋण कसरी बढ्यो भन्ने अन्यौलमा छन् । त्यसैले उनीहरुले बुझाएको विवरणमा सहमत हुन नसकेर महानगरले नेपाल चार्टर एकाउन्टेन्ट संस्थाबाट थप अध्ययन गर्न लागेको हो ।धुर्मुस सुन्तली फाउण्डेशनका अनुसार रंगशाला निर्माणको काम ३५ प्रतिशत सकिएको छ । हालसम्म करिब ५५ करोड खर्च भएको छ । के भन्छन् खेलकुद मन्त्री ?यो परियोजना केन्द्र सरकार वा भरतपुर महानगर कसले अघि बढाउने भन्ने निर्णय भईसकेको छैन । तर, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँगको भेटमा धुर्मुसले १७ करोड ऋण तिरिदिन र अहिलेसम्म सहयोग गरेका दाताहरुको नाम शिलालेखमा लेखिदिन अनुरोध गरेका थिए ।स्वामित्वका विषयमा भने महानगर र फाउण्डेशनबीच भएको सम्झौता मुख्य विषय हुने मन्त्री गहतराज बताउँछन् । सम्झौतामा विशेष परिस्थिती आएको खण्डमा फाउण्डेसनले निर्माणकै क्रममा रंगशालाको स्वामित्व महानगरपालिकालाई हस्तान्तरण गर्न सक्ने उल्लेख छ । त्यही भएर महानगर र फाउण्डेशन दुबैले संयुक्त रुपमा अनुरोध गरेको पत्र आए केन्द्र सरकार स्वामित्व लिएर बाँकी काम अघि बढाउन तयार रहेको मन्त्री गहतराजको भनाई छ ।

खेल क्षेत्रलाई क्रियाशील र चलायमान गराउनुुपर्छ: मन्त्री गहतराज

काठमाडौँ, १० मङ्सिर: युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेलक्षेत्र निरन्तर क्रियाशील र चलायमान हुन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रका चुनौतीलाई अवसरका रुपमा सदुपयोग गर्दै काम गर्न नवनियुक्त सदस्यलाई निर्देशन दिए । मन्त्रिस्तरीय निर्णयअनुसार मोहम्मद फाजिल (काठमाडौँ), लामा पेमा डोल्मा (मकवानपुर), जनकप्रसाद बर्ताैला(मकवानपुर), दीपेन्द्र […]

कोभिड–१९ को बहाना नबनाऔँ, युवालाई सहजीकरण गरौँः मन्त्री गहतराज

काठमाडौं, ८ मंसिर । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले जनसङ्ख्या र कार्यक्षेत्रको मनोविज्ञान बुझेर बजेट विनियोजन हुन आवश्यक रहेको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयको आव २०७७÷७८ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा उनले जनसङ्ख्याको ठूलो हिस्साको प्रतिनिधित्व गर्ने मन्त्रालय भएकाले सोही अनुरुपको बजेट विनियोजनका लागि आग्रह […]