काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिनुभएकाे छ ।
ललितपुरकाे एक होटलमा आज बुधवार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोपमध्ये एन्फा अध्यक्ष शेर्पाले मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न चुनौती दिनुभएकाे हाे । थापाले पत्रकार सम्मेलनको मुख्य उद्देश्य आरोप प्रमाणित गर्नुस् भन्ने रहेको र आउँदै गरेको एन्फाको चुनावसँग सम्बन्ध नरहेको समेत बताउनु...