आरोप पुष्टि गर्न एन्फा अध्यक्ष शेर्पालाई गणेश थापाको चुनौती

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमका दौरान लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। थापाले ललितपुरस्थित एउटा होटलमा बुधबार पत्रकार सम्मेलन गरेर आफूमाथि लगाइएका आरोपहरूमध्ये मुख्य १४ वटामात्र सार्वजनिक गरेका थिए। साथै उनले ती आरोप प्रमाणित गर्न चुनौती दिए। उनले आरोप प्रमाणित गर्नुस् भनेर पत्रकार सम्मेलन गरेको र संघारमा आउँदै गरेको एन्फाको निर