ढोरपाटनमा शिकार खेल्न टेन्डर खुला

बागलुङ । यस वर्षको पहिलो शिकार यामका लागि ढोरपाटन शिकार आरक्षले टेन्डर खुलाएको छ । आगामी असोजदेखि हुने शिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार खेल्न चाहने शिकारीका लागि टेन्डर खुलाएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिजनका लागि १२ नाउर, आठ झारल र ११ वटा बँदेल शिकार गर्न […]

सम्बन्धित सामग्री

चोरी शिकार बढ्यो

सर्लाही : पछिल्लो समय सर्लाहीमा वन्यजन्तुको अवैध चोरी शिकार भइरहेको पाइएको छ। वास स्थान र आहाराको खोजीमा जंगल आसपास रहेका बस्तीमा जंगली जनावर पस्न थालेपछि वन्यजन्तुको चोरी शिकार बढेको हो।अहिले सर्लाहीको प्रायः वनक्षेत्रमा डढेलो लागेपछि जंगली जनावरको वास स्थान र आहाराको खोजीमा बस्तीमा पस्ने गरेको छ।रातको समयमा जंगली जनावरले बालीनालीमा बढी नोक्सान पुर्‍याउने भएकाले शिकार खेल्न जाने स्थानीय समूह बढेको हरिपुर नगरपालिका–१ का स्थानीय गोपाल श्रेष्ठले बताए।विशेष गरी प्रत्येक दिनजसो बिहानीपख बन

तनहुँमा गोली लागेर एक युवकको मृत्यु

तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ । गएराती शिकार खेल्न गएका बेला गोली लागेर शुक्लागण्डकी नगरपालिका १, थप्रेकका १७ वर्षीय रोहित मल्लको मृत्यु भएको हो ।  शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएको बेला गोली लागेर मल्लको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।उनका अनुसार आइतबार साँझ साढे सात बजेको समयमा शिकार खेल्न जाने क्रममा मल्लले बोकेको भरुवा बन्दुक पड्किँदा घाइते भएकाले उनलाई थप्रेक स्वास्थ

शिकार खेल्न हिँडेका युवकको गाेली लागेर मृत्यु, एक जना पक्राउ

तनहुँ । तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका-१ थप्रकेका १७ वर्षीया रोहित मल्लको भरुवा बन्दुकको गोली लागेर आइतबार मृत्यु भएको हो । शिकार खेल्न जंगल गएका उनको भरुवा बन्दुक पड्केर मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता डिएसपि युवराज खड्काले बताए । शिकार खेल्नसँगै गएका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई बन्दुकसहित नियन्त्रणमा लिएको […] The post शिकार खेल्न हिँडेका युवकको गाेली लागेर मृत्यु, एक जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ढोरपाटनमा पहिलो यामको शिकार शुरू

बागलुङ । नेपालको एकमात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन शुरू भएको छ । कात्तिक २ गतेदेखि शुरू भएको शिकार पर्यटन मङ्सिर २५ गतेसम्म हुने भएको छ । ढोरपाटन शिकार आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकारयामका लागि ७ नाउर र पाँचओटा झारलको शिकार अनुमति दिएको छ । विभागका अनुसार हिमालय सफारी, हिमालयन वाइल्ड लाइफ फिटर, ट्याक्स एन्ड ट्रेल प्रालि र ट्राभल एक्स्पिडिसनका तर्फबाट विभिन्न देशका सात शिकारीले सिकार गर्न ‘हन्टिङ बुकिङ लाइसेन्स’ लिएका छन् । उनीहरूले कात्तिक २ देखि मङ्सिर २५ गतेसम्म आरक्षले तोकेका विभिन्न ब्लकमा रहेर सिकार खेल्न पाउनेछन् । ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्र्याक एण्ड ट्रेल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रुसी शिकारका लागि आउने गर्छन् । उनले हिमालयन सफारीबाट मेक्सिकन सिकारीद्वय फ्रान्सिस्को जोसेभिज्कायोले पूर्वी रुकुमको दोगाडी ब्लकमा एक–एक नाउर र झारल तथा कार्लोस गुलिलेर्मोे भिज्काइनोले सेङ ब्लेकमा एक–एक नाउर र झारलको शिकार गर्न अनुमति लिएको बताए । यस्तै हिमालयन वाइल्ड लाइफ फिटरमार्फत आएका रसियाली सिकारी इभ्गेरी सिरोभले बागलुङमा पर्ने सुनदह ब्लकमा एक÷एक नाउर र झारलको शिकार गर्ने, ट्याक्स एन्ड ट्रेलबाट आएका युक्रेनी सिकारीहरू सेर्निय लारिनले बागलुङकै गुस्तुङ ब्लकमा एक÷एक नाउर र झारल तथा नटालिया लरिनाले गुस्तुङ ब्लकमै एक नाउरको सिकार गर्ने र फ्रान्सेली शिकारीद्वय मालिर्यर बर्नार्डले पूर्वी रुकुममा पर्ने सेङ ब्लकमा एउटा नाउर र अर्का शिकारी विनी एन्थोनीले सेङ ब्लकमा नाउर र फागुन ब्लकमा एउटा झारलको शिकार गर्ने अनुमति लिएको अधिकृत कँडेलले बताए । उनले शिकारका लागि दुईजनाको एउटा समूह शिकार ब्लकतर्फ लागिसकेको जानकारी दिए । यस वर्ष शिकार खेल्ने दूरी, भौगोलिक अवस्थिति र समयावधिका आधारमा प्रतिनाउर १ लाख ८० हजारदेखि १ लाख ९५ हजार र प्रतिझारल ८० हजारदेखि १ लाख रुपैयाँसम्म बोलकबोल भएको थियो । यसबाहेक लाइसेन्स, ब्लक रिजर्भेसन र समयावधि आदिको थप शुल्क जोड्दा एउटा नाउर सिकारको शुल्क ३ लाख ७५ हजारसम्म पुगेको आरक्ष कार्यालयले बताएको छ ।

ढोरपाटनमा पहिलो यामको शिकार शुरु : ७ नाउर र ५ ओटा झारलको शिकार हुने

कात्तिक ४, बागलुङ । नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन शुरु भएको छ । यस वर्षको पहिलो शिकार कार्तिक २ गतेदेखि मंसिरसम्म २५ गतेसम्म हुने भएको छ । ढोरपाटन शिकार आरक्षण बागलुङमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकार यामका लागि ७ ओटा नाउर र ५ ओटा झारलको शिकार अनुमति दिएको छ । विभागका अनुसार हिमालय सफारी, हिमालयन वाइल्ड लाइफ फिटर, ट्याक्स एन्ड ट्रेल प्रालि र ट्राभल एक्स्पिडिसनका तर्फबाट विभिन्न देशका सात सिकारीले सिकार गर्न ‘हन्टिङ बुकिङ लाइसेन्स’ लिएका छन् । उनीहरूले कात्तिक २ देखि मंसिर २५ गतेसम्म आरक्षले तोकेका विभिन्न ब्लकमा रहेर सिकार खेल्न पाउनेछन् । ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्याक एण्ड टे«ल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रुसी शिकारका लागि आउने गर्छन् । उनले हिमालयन सफारीबाट मेक्सिकन सिकारीद्वय फ्रान्सिस्को जोसेभिज्कायोले पूर्वी रुकुमको दोगाडी ब्लकमा एक–एक नाउर र झारल तथा कार्लोस गुलिलेर्मोे भिज्काइनोले सेङ ब्लेकमा एक–एक नाउर र झारलको सिकार गर्न अनुमति लिएको बताए । यस्तै, हिमालयन वाइल्ड लाइफ फिटरमार्फत आएका रसियाली सिकारी इभ्गेरी सिरोभले बागलुङमा पर्ने सुनदह ब्लकमा एक/एक नाउर र झारलको शिकार गर्ने, ट्याक्स एन्ड ट्रेलबाट आएका युक्रेनी सिकारीहरू सेर्निय लारिनले बागलुङकै गुस्तुङ ब्लकमा एक/एक नाउर र झारल तथा नटालिया लरिनाले गुस्तुङ ब्लकमै एक नाउरको सिकार गर्ने र फ्रान्सेली सिकारीद्वय मालिर्यर बर्नार्डले पूर्वी रुकुममा पर्ने सेङ ब्लकमा एउटा नाउर र अर्का सिकारी विनी एन्थोनीले सेङ ब्लकमा नाउर र फागुने ब्लकमा एउटा झारलको सिकार गर्ने अनुमति लिएको अधिकृत कंडेलले बताए । उनले शिकारको लागि दुई जनाको एउटा समूह शिकार ब्लकतर्फ लागिसकेको जानकारी दिए । यस वर्ष शिकार खेल्ने दुरी, भौगोलिक अवस्थिति र समयावधिका आधारमा प्रतिनाउर १ लाख ८० हजारदेखि १ लाख ९५ हजार र प्रतिझारल ८० हजारदेखि एक लाख रुपैयाँसम्म बोलकबोल भएको थियो । यस बाहेक लाइसेन्स, ब्लक रिजर्भेसन र समयावधि आदिको थप शुल्क जोड्दा एउटा नाउर सिकारको शुल्क ३ लाख ७५ हजारसम्म पुगेको आरक्ष कार्यालयले जानकारी दिएको छ । आरक्षणमा बर्सेनि असोज–मंसिर र फागुन–वैशाख गरी दुई पटक शिकार खुल्छ । पेशेवर विदेशी शिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत शिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । गतवर्ष दुई सिजनमा १८ नाउर र नौ झारलको शिकार भएको थियो । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको थियो । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुची राख्छन् । शिकारीसहितको टोलीले १५ दिन जंगलमै समय बिताउँछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतिय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ । यहाँ ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल हुन भने हिमाली भालु पनि पाइन्छ । यहाँ दुर्लभ एवम् संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चरा पाइन्छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ । आरक्षमा व्यवस्थित शिकारको व्यवस्था मिलाइएको कारण राष्ट्रले विदेशी मुद्रा आर्जन गर्न पाएको अधिकृत कंडेलले भनाइ छ । पेशेवर विदेशी शिकारीहरुका लागि यो आरक्ष एक प्रमुख गन्तव्य हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा शिकार गराउने गर्छ । विं सं. २०४४ सालमा स्थापना भएको आरक्ष एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

फरार चार अभियुक्त चारनाल भरुवा बन्दुकसहित पक्राउ

विराटनगर : शिकार खेल्ने क्रममा आफ्नै साथीलाई गोली लागेर मृत्यु भएपछि फरार भएका चारजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।शिकार खेल्न गएका १० जनामध्ये गजेन्द्र बहादुर राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर हस्तकुमार राईको मृत्यु भएको थियो। उनको मृत्यु भएपछि फरार रहेका उनीहरुलाई चारनाल भरुवा बन्दुकसहि प्रहरीले बुधबार नियन्त्रणमा लिएर बिहीबार सार्वजनिक गरेको हो।मोरङको केराबारी गाउँपालिका–३ स्थित बाँसघारी खोपमा गत बैशाख ८ गते शिकार खेल्न गएको समयमा हस्तकुमारको गोली लागेर मृत्यु भएक

शिकार खेल्न गएका थिए, गोली लागेर उतै बिते

दाङको घोराहीमा शिकार खेल्न गएका दुईमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ।

शिकार खेल्न गएका व्यक्तिको गोली लागेर मृत्यु

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जंगल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो । घटनास्थल पुग्न तीन÷चार घण्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्कसमेत राम्रोसँग हुन नसक्ने हुँदा घटनाबारे थप विवरणहरु आउन बाँकी रहेको पनि प्रउ चन्दले बताउनुभयो । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा एक जनालाई राति नै नियन्त्रणमा लिइसकेको बताइएको भए पनि नाम भने सार्वजनिक गरेको छैन । यसैबीच, भरुवा बन्दुकको गोली लागेर मृत्यु भएका गुरुङको शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।