बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका–१, कुसुम गावर भन्ने स्थानमा एक भारतीय मूलका होटल मजदुरको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
उनको शव पूर्वपश्चिम राजमार्गदेखि करीब डेढ सय मित्र बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने जंगलमा भेटिएको प्रमुख संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए । उनका अनुसार ती होटल मजदुरलाई शिकार गर्न सिक्दै गरेको दुई वटा सानो बाघले आक्रमण गरेको हो ।
‘माउसँग छुट्टिँदै गरेका अढाई–तीन वर्षका दुई वटा बाघले आक्रमण गरेको देखिन्छ...