तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ । गएराती शिकार खेल्न गएका बेला गोली लागेर शुक्लागण्डकी नगरपालिका १, थप्रेकका १७ वर्षीय रोहित मल्लको मृत्यु भएको हो । शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएको बेला गोली लागेर मल्लको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।उनका अनुसार आइतबार साँझ साढे सात बजेको समयमा शिकार खेल्न जाने क्रममा मल्लले बोकेको भरुवा बन्दुक पड्किँदा घाइते भएकाले उनलाई थप्रेक स्वास्थ