काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासीयासँग स्पष्टीकरण लिएका छन् । औषधि उपकरण खरीदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरासीयासँग स्वास्थ्य राज्य मन्त्री केसीले स्पष्टीकरण सोधेका हुन् । स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर स्वास्थ्य राज्यमन्त्री केसीले डा. चौरासीयालाई अनियमितता प्रकरणबारे जबाफ मागेका थिए । […]