धनगढी : कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भन्दै पक्राउ गरिएका भारतीय नागरिक धरौटीमा छुटेका छन्।कञ्चनपुर प्रहरीले पक्राउ गरेका भारतीय नागरिक अलि हुसेन एक हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। उनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको बताइएको छ।हुसेनलाई निर्मला प्रकरणमा नभएर अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। तर, उनको गतिविधि निर्मला प्रकरणमा पनि शंकास्पद देखिएको कारण डिएनए परीक्षण गरिएको जिल