कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा आसपासका बासिन्दाले स्याउ खेती गर्न थालेका छन् । रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने छायानाथ रारा नगरपालिका–३ तलितुम, माथितुम, सायाँखोला र हेर्निकाँध गाउँका स्थानीयले बाँझो तथा भोगचलन गर्दै आएको जग्गामा धमाधम स्याउ खेती गर्न थालेका हुन् ।