बागलुङ : निसीखोला गाउँपालिका–५ मसगाउँका जुम बहादुर बुढाथोकी मगरले निसेलढोरमा दुई दशकदेखि स्याउ खेती गर्दै आएका छन्। लामो समयदेखि परम्परागत तरिकाले स्याउका उत्पादन गर्दै आएका बुढाथोकीले १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाएको स्याउ खेतीले स्याहार पाएन।१० वर्षमा उनले लगाएका स्याउका विरुवा मासिए, नेपाल प्रहरीको जागिरे रहेका बुढाथोकी मगरले २०५८ सालमा अवकासपछि उनको स्याउ खेती प्रतिको रुचि घटेको थिएन।स्याउ खेतीका विषयमा जागिरे जीवनको समयमै विभिन्न स्थानमा सेवा गर्दा थाहा पाइसकेका मग