गाेरखा – गोरखाको उत्तरी भेगमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । चुमनुब्री गाउँपालिकाका किसानले स्थानीयस्तरमा यसअघि पनि स्याउ खेती गर्दै आएका थिए । अहिले भने एकै पटक तीन सय रोपनी जग्गामा स्याउ खेती सुरु गरिएको चुमनुब्री स्याउ ब्लक समूहका अध्यक्ष लाक्पा डुण्डुप लामाले बताउनुभयो ।
चुमनुब्री ४ को पोर भन्ने ठाउँमा रहेको स्याउ ब्लकमा चार हजार तीन सय ७० बिरुवा रोपिएकोमा पहिलो वर्षमै १० हजार किलो स्याउ उत्पादन भएको उहाँले जानकारी दिनुभयो । ‘हामीले उत्पादन गरेको स्याउ अर्गानिक छ, खानेहरूले विदेशी स्याउ भ...