जुम्ला – स्याउकाे जिल्लाकारुपमा परिचित जुम्लाले पछिल्लाे समय स्याउ खेती द्रुतरुपमा बढाउँदै लगेकाे छ । जुम्लाले बर्सेनि स्याउ उत्पादन मात्रै नभइ खेती पनि बिस्तार गर्दै लगेको छ ।
जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा एक घर एक स्याउ बगैँचा अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैँचा र स्याउ रोप्ने काम बिस्तार भएकाे छ ।
अहिले पछिल्लो समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदानसमेत दिन थालेपछि स्याउ खेती बढ्न थालेको छ ।&nb...