‘मेरो बच्चा जतिबेला पनि मोबाइलमै झुण्डिरहन्छ ।’ धेरै अभिभावकले यस्तो गुनासो गरिरहेका हुन्छन् । बच्चाहरू मोबाइल फोनमा यति व्यस्त हुन्छन् कि उनीहरु समयमा खान र खेल्न समेत बिर्सिन्छन् । बालबच्चालाई ठूलालाई भन्दा बढी मोबाइलको फिचर थाहा हुने अवस्था आइसक्यो । फोनमा युट्युब र गेम कहाँ छन्, कसरी प्रयोग गर्ने, यी सबै उनीहरुले छिनभरमै सिकाउन सक्छन् […]