डोल्पाबाट माओवादी केन्द्रले खाता खोल्यो

नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले  एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन् ।निर्वाचन आयोगका अनुसार माओवादीबाट अध्यक्षका उम्मेदवार नरसिं रोकायाले ७७० मत पाए भने एमालेका हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेर उपविजेता बने । यसैगरी उपाध्यक्षमा माओवादीकी अमरिता बोहरा ७५९ मतका साथ विजयी हुँदा एमालेकी चन्द्रावती थापा उपविजेता बनिन् । 

सम्बन्धित सामग्री

सिन्धुली २ बाट खोल्यो माओवादी केन्द्रले प्रतिनिधिसभाको खाता

सत्ता गठबन्धनमा रहेर निर्वाचनमा सहभागी नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नं २ सो पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । देशभरमा विभिन्न १५ क्षेत्रमा अग्रस्थानमा रहेको माओवादी केन्द्रका दाहालले आफ्ना प्रतिद्वन्द्वी एमालेका मनोजजङ्ग थापालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गर्नुभएको छ । …

माओवादीले सिन्धुलीबाट जितको खाता खोल्यो

नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट जितको पहिलो खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का माओवादी उम्मेदवार लेखनाथ दहाल ‘राजन’ले पाँच हजार ८ सय ३० मतान्तरले जीत हाँसिल गरेका...

प्रतिनिधिसभामा माओवादी केन्द्रले  खाता खोल्यो

काठमाडौं : प्रतिनिधिसभा तर्फ नेकपा माओवादी केन्द्रले  खाता खोलेको छ। सिन्धुली–२ मा माओवादी केन्द्रका  लेखनाथ दाहाल विजयी भएका छन्। उनले २७५१७ मत पाएका छन् भने एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत पाए।

धनुषामा माओवादी केन्द्रले खाता खोल्यो

जनकपुरधाम : धनुषामा माओवादी केन्द्रले खाता खोलेको छ।धनुषाको कमला नगरपालिका वडा नम्बर  १ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा जित्दै खाता खोलेको हो। माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्।उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार राजकुमार यादवले ५६५ मत ल्याएका छन्। सर्वदेव ४२६ मतान्तरसहित विजयी भएका हुन् ।

बनगाड कुपिण्डेमा माओवादी केन्द्रले खाता खोल्यो

सल्यान :  बनगाड कुपिण्डे नगरपालिका- २ को मत गणना सम्पन्न भएको छ। जसमा नेकपा माओवादी केन्द्रका मानबहादुर खत्रीको प्यानल विजयी भएका छन्। जसमा खत्रीले ४४४ मत ल्याएका हुन्।यसमा एमाले शकर प्रसाद शर्माले ४०७ र नेपाली कांग्रेसका मानबहादुर विष्टले १२ ल्याएका थिए। महिला सदस्यमा पानसरी बुढा ४५४ दलित महिला सदस्यमा भद्रकली कामी ४४० मनबिर राना ४२९, हैते राना ४३२ विजयी भएका छन्। नगर प्रमुख सुरुवाती देखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन्। जसमा प्रमुखमा गठबन्धनका साझा माओवादी केन्द्र कर्ण

बर्दिबासमा माओवादीले खाता खोल्यो

महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शम्शेर लामा विजयी भएका हुन् ।नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङलाई  नौ मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।वडा नम्बर ८ मा खसेको कुल दुई हजार पाँच सय ६२ मत मध्ये वडा अध्यक्षमा विजयी लामाले सात सय ५३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङले सात सय ४४ मत ल्याएको कार्यालयले घोषणा गरेका छन् ।

अर्घाखाँचीमा माओवादी केन्द्रले खोल्यो खाता, मालारानी-९ मा खनाल विजयी

अर्घाखाँची, ३१ वैशाख : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-९ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का महेन्द्र बाबु खनाल निर्वाचित भएका छन् । एमालेका विष्णुप्रसाद पौडेललाई ८७० मतले पछाडि पार्दै खनाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडा नम्बर ९ को मतगणना पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदक क्षेत्रीले ९४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका […]

मजदुर किसानले दैलेखबाट खाता खोल्यो

दैलेख : स्थानीय तह निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले दैलेखबाट पहिलोपटक खाता खोलेको छ।यहाँको चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नम्बर १ मा नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्षका पदका उम्मेदवार विजयी भएका हुन्।मजदुरका गोरखबहादुर केसीले ३१७ मत प्राप्त गर्दै विजयी भएका निर्वाचन अधिकृत सोमनाथ गौतमले बताए।उक्त वडामा नेकपा एमाले २९६, नेपाली काँग्रेस २१३ र माओवादी केन्द्रले ९५ मत प्राप्त गर्दै पराजित भएका जनाइएको छ।

डोल्पाबाट माओवादीले पालिकामा जितकाे खाता खोल्यो

सुर्खेत : डोल्पाको जगदुल्ला गाउँपालिकाबाट नेकपा माओवादी केन्द्रले पालिकामा जितको खाता खोलेको छ। माओवादीबाट अध्यक्षका उम्मेदवार नारासिं रोकायाले ६२२ मत ल्याएर विजयी भएका छन्। उनको प्रतिस्पर्धी एमालेका हेमबहादुर महतरा सूर्य ५८५ मत प्राप्त गरेका छन्। यस्तै, उपाध्यक्षमा माओवादीकी अमृता लामाले ७५९ मत ल्याएर विजयी भएकी छन् भने एमालेकी चन्द्रावती थापा ७४९ मत प्राप्त गरिन्।

माओवादी केन्द्रले दाङबाट खाता खोल्यो

दाङ- दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । जम्मा खसेको ७१४ मत मध्य ३५८ मत प्राप्त गरी रिमबहादुर सुनारी मगर बिजयी भएका हुन् । यसअघि पनि सुनारीनै विजय भएका थिए । यो पालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ ।