नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनप्रति नेपाल उद्योग व्यापार महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले कर्जा मार्गदर्शन मार्फत २ करोड भन्दा कम पूँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबारको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पूँजी कर्जा सीमा कायम गरेको थियो । त्यसैगरी कर्जा अवधिको सिमा १ वर्ष वा सोम भन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरण योग्य हुने लगायतको मापदण्ड तोकेको छ । त्यसैगरी र