प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा निर्वाचन आयोगका पदाधिकारीहरूको टोली सोमबार बिहान साढे ११ बजेतिर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्यो। आयोगका पदाधिकारीले विभिन्न ७ वटा एजेण्डाहरुमा सरकारको ध्यानाकर्षण गराए । जहाँ, प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँड, उर्जामन्त्री पम्फा भुसाल, सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतको उपस्थिति थियो ।निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री तथा मन्त्रीहरुको सो छलफलमा अहिले बहसमा आएको ‘अर्ली इलेक्सन&