जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्कुनै हालतमा अर्ली इलेक्सन नहुने बताएका छन्। जनकपुर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संविधानले पनि परिकल्पना नगरेको र सर्वोच्च अदालतको फैसलाले पनि रोकेकाले अर्ली इलेक्सन नहुँने उनले स्पष्ट पारे। अर्ली इलेक्सनको बारेमा कोही दुविधामा पर्न आवश्यक नरहेकोमा उनको जोड थियो। उनले राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धन एक भएर जाने बताए।