नवलपरासी पश्चिम प्रहरीले पछिल्लो ९ महिनामा १७७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । शुक्रबार प्रगति विवरण सार्वजनिक गर्दै प्रहरीले सो कुराको जानकारी दिएको हो । सो समयावधिमा प्रहरीले ६ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय र त्यस मातहतका प्रहरी चौकीले २०७८ असार १३ गतेदेखि २०७८ चैत्र ११ गतेसम्म विभिन्न स्थानबाट ५ करोड ४६ लाख ६९ हजार २ सय ८९ मूल्य बराबरको भन्सार छलेर ल्याइएका अवैध मालसामान बरामद गरेको प्रगति विवरणमा उल्लेख छ । बरामद सामान भन्सार त