सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैतभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । सुनसरी जिल्लाका विभिन्न स्थानमा आइतबार आयोजित विकास निर्माणसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी चैतभित्र सबैलाई खोप उपलब्ध गराउने सरकारको लक्ष्य रहेको जानकारी गराउनुभयो ।