स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरिएन्ट वा प्रजाति पत्ता लगाउन बेलायतबाट फर्किएकामध्ये ६ जनाको नमूनाको जिनोम सिक्वेन्स गर्न हङकङ पठाएकोमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको जनाएको छ ।
बेलायत तथा अन्य देशबाट आएका सबै व्यक्तिलाई विधिपूर्वक क्वारेन्टीनमा राखेर समुदायसँग आइसोलेट गर्ने काम भएको छैन । त्यसैले यो भाइरस नेपालमा कति जनामा सरेको छ भनेर भन्न सकिने अवस्था छैन ।
छिमेकी देश भारतमा पनि नयाँ प्रजातिको भाइरस सयौं जनामा देखिएको छ । तसर्थ सरकारले हवाइ तथा सीमा नाकामा कडाइ नगर्ने हो ...