कोरोनाबाट जोगिन डोटीमा प्रहरीको घरदैलो अभियान

डोटी – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमणबाट जोगिन ‘आफ्नो जीवन आफैँ सुरक्षित’ भन्ने नाराका डोटीमा प्रहरीले घरदैलो अभियान सुरु गर्न थालेको छ ।  कोरोना भाइरसको बारेमा सचेतना फैलाउन जिल्ला प्रहरी कार्यालयको टोलीले घरदैलो अभियान सञ्चालन गरेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरीको टोलीले कोरोनाबाट बच्ने उपाय सिकाउनुका साथै भिडभाड नगर्न तथा मास्क अनिवार्य प्रयोग गर्न आग्रह गर्न थालेको उहाँले बताउनुभयो...