विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा आएका ती देशले विश्व नै महामारीको चपेटामा परेकाले विश्वका सबै देशहरूलाई नै महामारीबाट बच्ने अधिकार रहेको र यसका लागि खोपको उपलब्धता हुनुपर्ने बताएका हुन् । महासभामा आयोजना गरिएको एक बैठकमा विश्वका ती देशले कोरोना भाइरस महामारीको कुनै सीमा नरहेको र विश्वका देशहरुमा पनि एक