म्याग्दी – टावरमा चढेर टाढाकाे दृश्य हेर्नेका लागि बनाइने संरचना हाे, भ्यु-टावर । देशमा सङ्घीयता लागू भएसँगै सङ्घ, प्रदेश र पालिका सरकारले अग्ला डाँडापाखामा पनि पर्यटकको आकर्षण बढाउन भन्दै थुप्रै भ्यु–टावरहरु बनाएका छन् ।
म्याग्दीमा तीनवटा पालिकाले आफ्नो पर्यटकीय क्षेत्रमा भ्यु–टावर बनाएका छन् । रघुगङ्गा गाउँपालिकाले २ नम्बर वडा राखु भगवतीको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटकलक्षित भ्यु–टावर बनाएको छ । मङ्गला गाउँपालिकाले पनि ३ नम्बर वडा बरंजाको झाँक्रीपानीमा भ्यु–टावर बनाएक...