नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका ७ स्थानमा नियन्त्रणको काम अझै शुरूआत नहुँदा स्थानीय चिन्तित भएका छन् ।
बेनी नगरपालिका–२ बगरफाँट, वडा नम्बर–३ दूधेखोला, वडा नम्बर–४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणका लागि नदी कटान नियन्त्रणको काम अझै थालिएको छैन ।
कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम भने शुरू भएको छ तर म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँहरूको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयले गु...